Logo

भ्याटमा कडाइ गर्न एकिकृत तथ्याङ्क राखिँदै, सामान आयातदेखि खुद्रासम्म एउटै मूल्य

भ्याटमा कडाइ गर्न एकिकृत तथ्याङ्क राखिँदै, सामान आयातदेखि खुद्रासम्म एउटै मूल्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले मूल्य अभिबृद्धि कर (भ्याट) उठौतीमा कडाई गर्ने भएको छ । कतिपय व्यापारीले न्युनबिजकीरण गरेर भ्याट छली गरेको गुनासो आएपछि चालू आर्थिक बर्षमा भ्याट असुलीमा कडाई गर्न लागेको हो ।

चालू आबदेखि सामान आयातदेखि बिक्रीसम्मको एकिकृत तथ्याङ्क राख्ने प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुङ्गानाले बताए । ‘यो प्राणाली लागू भएपछि कुनै पनि व्यापारीले भन्सारबाट सामाय आयात गरेदेखि उसले विक्री गरेसम्मको तथ्याङ्क एकद्वार प्राणालीमा आउँछ,’ उनले भने, ‘सो व्यवस्था कार्यान्वयनमा आएसँगै कुनै पनि व्यापारीले भ्याट छल्न सक्दैन ।’ उक्त प्रणाली लागू भएसँगै व्यापारीले सामान आयात गरेदेखि बिक्री गर्दासम्मको मूल्य उक्त प्राणलीमा देखिनेछ भने मूल्यमा समेत एकरुपकता देखिने छ ।

मन्त्रालयले भ्याट कार्यान्वयनमा आए नआएको विषयमा पनि अनुगमन गर्ने भएको छ । चालू आबमा वास्तविक मूल्यमा भ्याट कार्यान्वयन भए नभएको कडाईका साथ अनुगमन गरिने अर्यालले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL