Logo

कागजमै सिमित ८४ प्रतिशत पूँजीगत खर्चको लक्ष्य, ४ दिनमा बढ्ला ३४ प्रतिशत

कागजमै सिमित ८४ प्रतिशत पूँजीगत खर्चको लक्ष्य, ४ दिनमा बढ्ला ३४ प्रतिशत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चालु आर्थिक बर्ष सकिन ४ दिन बाँकी रहँदा पूँजीगत खर्च ५० प्रतिशत मात्र भएको छ । सरकारले चालु आवमा ८४ प्रतिशत पूँजीगत खर्च गर्ने लक्ष्य राखेपनि असार २६ गते अर्थात ३६० दिनमा जम्मा ५० प्रतिशत पूँजीगत खर्च गरेको छ ।

सरकारले असार १६ गतेसम्म ३८ दशमलव ७ प्रतिशत पूँजीगत खर्च गरेको थियो । पछिल्लो १० दिनमा झण्डै १२ प्रतिशत पूँजीगत खर्च भएको देखिन्छ । अबका दिनमा सोही अनुरुप खर्च गरेपनि लक्ष्य अनुरुप पूँजीगत खर्च नहुने निश्चित छ । यदि सरकारले लक्ष्य अनुरुप खर्च गर्ने हो भने ४ दिनमा ३४ प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने देखिन्छ । जुन असम्भव प्राय देखिएको छ । ३ सय ६० दिनमा जम्मा ५० प्रतिशत रकम खर्च गर्ने सरकारले अबको ४ दिनमा थप ३४ प्रतिशत खर्च गर्न सक्दैन ।
केही दिन यता लक्ष्य भेट्ने उद्देश्यसहित पछिल्लो समय पूँजीगत खर्च बढाउने ‘ट्रेन्ड’ पनि चलिरहेको छ । राष्ट्र बैंकका अनुसार असार १६ गतेसम्म ३८ दशमलव ७ प्रतिशत खर्च भएकोमा १६ दिनमै १२ प्रतिशत भएको हो ।

अर्थसचिव डा. शान्तराज सुवेदीका अनुसार चालु आवको पूँजीगत खर्च ७० देखि ७५ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । सरकारले ८४ प्रतिशत खर्चको लक्ष्य लिए पनि सोही अनुरुप हुन नसक्ने उनले बताए । तर, चेक काटेर भुक्तानी हुन बाँकी रकमहरु तथा कतिपय चेक अन्तिम समयमा आएर काटिने भएकाले पूँजीगत खर्च ७५ प्रतिशतसम्म पुग्ने अनुमान उनको छ ।

सरकारले चालू आर्थिक बर्षको १० महिनामा सरकारले पूँजीगत खर्च जम्मा ३२ प्रतिशत गरेको थियो । साथै २ महिनाको अवधिमा १८ प्रतिशत बढाएर ५० प्रतिशत पुर्याएको हो । पछिल्लो समय खर्च बढाउन अर्थ मन्त्रालयले रकमान्तर गरेपनि कुनै पनि हालतमा लक्ष्य अनुरुप पूँजीगत खर्च नहुने देखिएको छ ।

पुनर्निर्माण प्राधिकरणले विनियोजित बजेट खर्च गर्न नसक्दा पूँजीगत खर्च नबढेको उनको भनाइ छ । पूँजीगत खर्च अन्तरगत छुट्याइएको बजेटको ठूलो हिस्सा पुनर्निर्माण प्राधिकरण अन्तरगत गएपनि उसले खर्च नगरेपछि पूँजीगत खर्च नबढेको सुबेदीले जानकारी दिए ।

सरकारले चालु आर्थिक बर्षमा ३ खर्ब १२ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो । त्यस्तै असार २६ गतेसम्म ८० प्रतिशत चालु खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL