Logo

बिदेशमा लगानी खुला गर्न निजी क्षेत्रको ‘लबिङ’, महासंघ र सिएनआई एकै कित्तामा

बिदेशमा लगानी खुला गर्न निजी क्षेत्रको ‘लबिङ’, महासंघ र सिएनआई एकै कित्तामा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लामो समयदेखि नेपाली ब्यवसायीलाई विदेशमा लगानी खुला गर्न नहुने पक्षमा उभिएको नेपाल उद्योग वाणिज्य महासंघ त्यसप्रति सकारात्मक देखिएको छ । नेपाल उद्योग परिसंघले नेपाली उद्योगी ब्यवसायीलाई विदेशमा लगानी खुला गर्न दिन माग राख्दा त्यसको बिपक्षमा उभिएको महासंघ अहिले एउटै कित्तामा उभिन पुगेको छ ।

आर्थिक बर्ष २०७४/७५ को मौद्रिक नीतिले नेपाली ब्यवसायीलाई विदेशमा लगानी गर्न खुला गर्नु पर्ने धारणा महासंघले अघि सारेको छ । अब आउने मौद्रिक नीतिमा महासंघको तर्फबाट सुझाव दिँदै अबका दिनमा नेपाली ब्यवसायीलाई पनि विदेशमा लगानी गर्न खुला गरिनुपर्ने महासंघको बैंक वित्त तथा बीमा समितिका सभापति सौरभ ज्योतिले बताए । नेपालमै खर्बौ रुपैयाँको लगानी आवश्यक भइरहेको बेला महासंघले अबका दिनमा नेपालीलाई विदेशमा लगानी खुला गर्न दिन दबाद दिँदै आएको छ ।

महासंघमा दोस्रो पटक अध्यक्षमा पराजित भएसँगै छुट्टिएर नेपाल उद्योग परिसंघको स्थापना गरेदेखि नै महासंघका पूर्व अध्यक्ष विनोद चौधरीले नेपाली ब्यवसायीलाई विदेशमा लगानी गर्न खुला गरिनुपर्ने माग राख्दै आएका थिए । त्यतिवेला महासंघ र परिसंघबीचकै मत भिन्नताका कारण सरकारले त्यसलाई बेवास्ता गर्दै आएको थियो । १२ बर्ष पछि महासंघको राजनीतिमा फर्किएका चौधरीले अबका दिनमा नेपाली ब्यवसायीलाई विदेशमा लगानी खुला गर्नुपर्ने मागलाई अघि बढाएका छन् ।

विदेशमा नेपालीलाई लगानी गर्न खुला गर्नुपर्ने माग राख्दै महासंघ, सीएनआई र नेपाल चेम्बर अफ कमर्शले एउटै मत राखेका छन् । आगामी आवको मौद्रिक नीतिको सुझाब संकलन कार्यक्रममा तीन वटै संस्थाका प्रतिनिधिले नेपालीलाई विदेशमा लगानी गर्न खुला गर्नुपर्ने मागलाई उच्च प्राथमिकताका साथ उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL