Logo

कर पछ्र्योट ऐन परिमार्जन गर्न अर्थ समितिको निर्देशन, भन्छ, दोषीलाई कारबाही गर्नु

कर पछ्र्योट ऐन परिमार्जन गर्न अर्थ समितिको निर्देशन, भन्छ, दोषीलाई कारबाही गर्नु


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । ब्यवस्थापिका संसदको अर्थ समितिले कर फछ्र्योट सम्बन्धी ऐन २०३३ लाई परिमार्जन गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैंठकले अर्थ मन्त्रालयलाई उक्त ऐन संसोधनका लागि निर्देशन दिएको हो ।

उक्त ऐनको दफा १० मा प्रचलित कानूनमा जेसुकै कुरा लेखिएको भएपनि कर निर्धारण तथा असूल गर्ने सम्वन्धमा आयोगले कार्यप्रणाली बनाउन सक्नेछ र त्यसरी आयोगले तोकेको कार्यप्रणाली उपर कुनै अदालतमा प्रश्न उठाउन पाइने उल्लेख गरिएको छ । उक्त दफा अनुसार आयोगका सदस्यहरुले गल्ती गरेमा छानविन गर्न कठिनाइ हुने भन्दै संसोधन गर्न दिर्नेशन दिएको हो ।

यसैगरी आयोगमार्फत करमा अनिमियतता भएको भए छानविन गरी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । हाल कर फछ्र्योट आयोगमार्फत २१ अर्ब रुपैयाँमा अनिमियता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । यसैगरी आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज (एलडी) महत र उमेशप्रसाद ढकाललाई पनि बयानका लागि आउन पत्र काटेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL