Logo

महावीरको आविष्कार केन्द्रलाई उद्योग मन्त्रालयको साढे २ करोड

महावीरको आविष्कार केन्द्रलाई उद्योग मन्त्रालयको साढे २ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग मन्त्रालयले महावीर पुनको आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्ने भएको छ । मन्त्रालयले केन्द्रलाई २ करोड ५० लाख रुपैयाँ प्रदान गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको हो ।

आइतबार उद्योग मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले यस्तो जानकारी दिएका हुन् । मन्त्रालयले आफ्नो बजेटमा समेत उल्लेख गरेको उनले बताए । पुनसँग पहिलो चरणको निर्वाचन अघि उद्योग मन्त्री नवीन्द्रराज जोशीले सो बारेमा छलफल गरेका थिए ।

पुनका अनुसार आविष्कार केन्द्र स्थापनाका लागि हालसम्म ४ करोड रुपैयाँ बराबरको सहयोग जुटिसकेको छ ।  केन्द्र बनाउन कम्तिमा ५० करोड आवश्यक पर्ने भएकोले शुरुमा जलविद्युत आयोजना निर्माण गर्ने र त्यसबाट आउने आम्दानीबाट केन्द्र स्थापना गर्ने उनको योजना छ ।

यसैवीच महावीर पुनले आविष्कार केन्द्रका लागि आफुले देश विदेशमा पाएका पदकहरु विक्रीका लागि अमेरिका पठाएका छन् । ती पदक नेपालमा विक्री नभएपछि उनले अमेरिका पठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL