Logo

काम चलाउ सरकारको पौने १३ खर्बको बजेट, खर्च केमा ?

काम चलाउ सरकारको पौने १३ खर्बको बजेट, खर्च केमा ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि पौने १३ खर्ब रुपैयाँको बजेट ल्याउने भएको छ । भर्खरै मात्र राजीनामा दिएर काम चलाउन भएको सरकारले कुनै नयाँ कार्यक्रम विना आगामी आर्थिक बर्षका लागि १२ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउन लागेको हो । राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा रहेको स्रोत समितिले बजेटको सिलिङ बढाएर १२ खर्ब ८० अर्ब रुपैयाँसम्मको ल्याउन सहमति दिएसँगै बजेटको आकार बढेको हो ।

हाल १२ खर्ब ७५ अर्ब रुपैयाँको बजेट ल्याउने गरी अन्तिर तयारी गरिएको अर्थ मन्त्रालयलका एक उच्च अधिकारीले बताए । बजेटमा नयाँ कार्यक्रम नभएपनि बजेटको आकार भने उच्च रुपमा बढाइएको छ । यो रकम नेपालको अर्थतन्त्रको ५० प्रतिशत हुन आउँछ । यो आबमा नेपालको अर्थतन्त्रको आकार बढेर २६ खर्ब रुपैयाँ पुगेको छ ।

स्थानीय तहको दुई ओटा निर्वाचनकोबीचमा ल्याउन लागिएको बजेट भएकाले कुनै नयाँ कार्यक्रम नराखिएको अर्थका एक अधिकारीले जानकारी दिए । राजनीतिक सहमति निर्वाचन आयोगको निर्देशन अनुरुप पनि यस पटकको बजेटमा कुनै नयाँ कार्यक्रम राखिने छैन ।

आगामी आबको बजेटले चालू आबको बजेटलाई नै निरन्तरता दिने छ । सामाजिक सुरक्षाका केही नयाँ कार्यक्रम, स्थानीय निकायलाई बजेट तथा चालू आबका राष्ट्रिय महत्वका आयोजनालाई बजेट विनियोजन गरिएकाले आकार बढ्न गएको अर्थ स्रोतको दाबी छ । सरकारले चालू आबका लागि १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL