Logo

उड्डयन क्षेत्र सुधारका लागि एडीबीको ५ अर्ब ९५ करोड सहयोग, हवाई सुरक्षाका लागि नियमन क्षमता बलियो बनाइने

उड्डयन क्षेत्र सुधारका लागि एडीबीको ५ अर्ब ९५ करोड सहयोग, हवाई सुरक्षाका लागि नियमन क्षमता बलियो बनाइने



काठमाडौं । नेपालको उड्डयन क्षेत्रमा संस्थागत सुधारका लागि एसियाली विकास बैंकले करिब ६ अर्ब ऋण दिएको छ। ५ अर्ब ९५ करोडको उक्त ऋण सम्बन्धि सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एडिबीका तर्फबाट मुख्तर खामदखानोभले हस्ताक्षरण गरेका हुन।

नीतिगत साहयता अन्तर्गत आएको यो ऋणबाट नेपाल सरकारले नागरिक उड्डयन क्षेत्रको क्षमता विस्तारमै खर्च गर्ने प्रतिबदद्बता जनाएको छ।

उक्त ऋण नेपालका नागरिक उड्डयन क्षेत्रलाई व्यवस्थित बनाउन तथा सुरक्षित बनाउन खर्च गरिने बताईएको छ । यस सम्बन्धि कानून निर्माण गर्नका लागि संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयले संसदमा विध्येयक दर्ता गराइसकेको छ। हवाइ सुरक्षाका लागि नियमन क्षमता बलियो बनाउनका लागि यो ऋणबाट सहयोग पुग्ने सरकारी प्रतिक्रिया छ।

प्रतिक्रिया दिनुहोस्
MBL