Logo

पहिलोपल्ट नेपाल निम्नमध्यम आय भएको देशमा उक्लियो, प्रतिव्यक्ति आय १०९० डलर पुग्यो

पहिलोपल्ट नेपाल निम्नमध्यम आय भएको देशमा उक्लियो, प्रतिव्यक्ति आय १०९० डलर पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विश्व बैंकका अनुसार नेपाल निम्न आयबाट निम्नमध्यम आय भएको देशमा उक्लिएको छ । हालै सार्वजनिक गरेको तथ्याँकमा नेपाल निम्न आय भएको देशबाट मध्यम आए भएको देशमा उक्लिएको उल्लेख छ ।

laxmi

विश्व बैंकको उक्त् तथ्यांक अनुसार गत बर्ष नेपाल प्रतिव्यक्ति ९ सय ७० अमेरिकी डलर आय हुँदा निम्न आए भएको देशमा थियो । सन् २०१९ मा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकको तथ्यांकमा उल्लेख छ । विश्वबैंकले १०३५ अमेरिकी डलरभन्दा कम प्रतिव्यक्ति आम्दानी हुने देशलाई न्यून आयवर्गमा राख्दै आएको छ ।

नेपालमा गएको तीन आर्थिक वर्षमा कुल गार्हस्थ त्पादनको वृद्धिदर (आर्थिक वृद्धि) क्रमशः ८ दशमलव २, ६ दशमलव ७ र ७ प्रतिशत हासिल भएपछि प्रतिव्यक्ति आम्दानी पनि त्यही अनुपातमा बढेको हो ।
यस्तै दक्षिण एशियाली देशहरूमध्ये सबैभन्दा उच्च प्रतिव्यक्ति आय भएको देश माल्दिभ्स रहेको छ । सन् २०१९ मा माल्दिभ्सको प्रतिव्यक्ति आम्दानी ९ हजार ६ सय ५० अमेरिकी डलर रहेको विश्व बैंकले जनाएको छ ।

माल्दिभ्स उच्च मध्यम आय वर्गमा भएको दक्षिण एशियाको एकमात्रै देश हो । यसअघि श्रीलंका पनि उच्च मध्यम आय भएको देशमा थियो । तर यस वर्ष श्रीलंका प्रतिव्यक्ति आय खस्किएर निम्नमध्यम आय भएको देशमा झरेको छ।
बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL