Logo

कोरोनापछिको अर्थतन्त्र उकास्न नेपाललाई विश्व बैंकको ४५० मिलियन डलर सहयोग, सडक सुधारमा पनि खर्च गरिने

कोरोनापछिको अर्थतन्त्र उकास्न नेपाललाई विश्व बैंकको ४५० मिलियन डलर सहयोग, सडक सुधारमा पनि खर्च गरिने



काठमाडौं । विश्व बैंकले नेपालमा कोरोना भाईरसको महामारीपश्चात उत्पन्न भएको आर्थिक संकटलाइ चलायमान बनाउन तथा सडक संजाल विकासका लागि ४ सय ५० मिलियन डलर सहयोग स्विकृत गरेको छ ।

बिहीबार विश्व बैंकले नेपालमा क्रसबोर्डर व्यापारलाई चलायमान बनाउन, पर्याप्त रोजगारीको सिर्जना गर्न तथा सडकका स्तरोन्नती गर्न उक्त सहयोग स्विकृत गरेको हो ।

विश्व बैंकले अन्तरदेशिय सडक कनेक्टीभिटीलाई चुस्त दुरुस्त बनाउन नागढुंगा, नौवीसे सडकखण्ड तथा कमला ढल्केबर, पथलैया सडकखण्डलाई प्राथमिकनामा राखेर उक्त सहयोग स्विकृत गरेको हो ।

यी २ सडकखण्डले नेपाललाई अन्तरदेशिय सडक संजालसँग जोड्दै कृषि उत्पादनको निर्यातमा सहयोग पुग्ने बताईएको छ यस्तै नेपालका यी सडक सरल र सहज भएपछि अन्तरदेशिय व्यापारमा बढावा आई कोरोना संग लड्ने क्षमतामा विकास हुने बुझाई छ ।

विश्व बैंकले उक्त सहयोगले राष्ट्रिय सडक सुरक्षा परिषद र सडक विभागलाई ट्राफिक नियन्त्रण तथा सडक सुरक्षामा तल्लीन हुन सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL