Logo

कोरोनाका कारण विश्व अर्थतन्त्र द्वित्तिय विश्वयुद्ध पछिकै ठुलो मन्दीतिर धकेलिदैं : विश्व बैंक

कोरोनाका कारण विश्व अर्थतन्त्र द्वित्तिय विश्वयुद्ध पछिकै ठुलो मन्दीतिर धकेलिदैं : विश्व बैंक



काठमाडौं । विश्व बैंकले विश्वभर फैलिएको कोरोना महामारी तथा यसले निम्त्याएको लकडाउनले विश्व आर्थिक मन्दीतिर धकेलिएको बताएको छ । विश्व बैंकका अनुसार यसै कारण दोस्रो विश्वयुद्धपछिकै ठुलो मन्दीतिर धकेलिएको बताएको हो । धेरै देशहरुमा प्रतिव्यक्ति आय घटेको सन्दर्भमा विश्व अर्थतन्त्रमा ठुलो असर परेको विश्व बैंकको भनाई छ ।

यो बर्षको अन्त्यसम्म विश्व अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले खुम्चिने विश्व बैंकले प्रक्षेपण गरेको छ । यसरी विश्व अर्थव्यवस्थामा कमी आएपछि विश् अर्थतन्त्र दोस्रोत विश्वयुद्ध यताकै ठुलो मन्दितिर धकेलिने प्रक्षेपण गरेको हो ।

आन्तरिक माग र आपुर्ति तथा वित्तीय क्षेत्रमा असर पर्दा वास्तविक अर्थतन्त्रमा ७ प्रतिशतको संकुचन आउनु अनुमान गरिएको छ । करिव ६० बर्षपछि विश्वको प्रतिव्यक्ति आय यो बर्ष २ दशमलव ६ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

आर्थिक वृद्धिको संकुचन खासगरी बाह्य पर्यटन, वैदेशिक व्यापार, रेमिट्यान्सले धानिएका देश तथा कोरोनाले सबैभन्दा धेरै असर पारेको क्षेत्रमा देखिनेछ । यसैसाथ विश्वमा गरीबीको संख्यामा समेत उल्लेख्य वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ ।

तर सन २०२१ मा भने विश्व आर्थिक वृद्धि पुनः ४ दशमलव २ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । यस्तै वास्तविक अर्थतन्त्र पनि ३ दशमलव ९ प्रतिशतले उकालो लाग्ने प्रक्षेपण गरिएको हो । गरीबीको रेखामुनी रहेका नागरिकलाई गास, बास, कपासको व्यवस्था गर्ने र बेरोजगारीलाई रोजगारीमा जोडेपछि यसको समाधान हुने विश्व बैंकको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
MBL