Logo

अर्थमन्त्रालय र एडीबीबीच सम्झौता,काेराेना राेकथामका लागि एडिवीले दियाे ३० अर्ब

अर्थमन्त्रालय र एडीबीबीच सम्झौता,काेराेना राेकथामका लागि एडिवीले दियाे ३० अर्ब



काठमाडौं । अर्थमन्त्रालय र एसियाली विकास बैंक (एडीबी) बीच सम्झौता भएको छ । सम्झौता अनुसार एडीबीले कोरोना भाइरस समस्या समाधानका लागि ३० अर्ब रुपैयाँ सहयोग गर्ने छ । सोमबार बिहान अर्थमन्त्रालयले बैंकबीच उक्त सम्झौता भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन । प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खतिवडाले यो बजेट सहयोगका लागि छोटो अवधिमा प्राप्त भएको सहयोग भएको बताए ।

अर्थ मन्त्रीले भने, ‘एउटै संस्थाले यति छोटो समयमा सहयोग स्वीकृती भएको र छिट्टै परिचालन हुने उदारहण हो ।’ उनले चालु आवमा १० प्रतिशत कम अनुमान गरिएको बताएका छन । अहिले काभिडको जोखिम बढ्दै गर्दा दातृ निकायको अत्यन्तै राम्रो प्रतिक्रिया प्राप्त भएको भन्दै त्यसैगरी विश्व बैंक, युरोपियन इन्भेस्टमेन्ट बैंकले पनि सहयोग गर्ने विषयमा कुरा भइरहेको खतिवडाले जानकारी दिएका छन ।

अर्थमन्त्री खतिवडाले भने, ‘आन्तरिक ऋणको विषयमा वित्त आयोगले दिएको सुझावका आधारमा जीडीपीको ५ प्रतिशतको अनुमानमा आन्तरिक ऋण उठाउन खोजिएको छ । यसमा निजी क्षेत्रमा जाने कर्जालाई विस्थापित नगर्ने गरी आन्तरिक ऋण उठाउने हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL