Logo

कोरोना महामारी विरुद्ध लड्न नेपाललाई एडीबीको साथ, दियो ३ अर्ब सहुलियत ऋण

कोरोना महामारी विरुद्ध लड्न नेपाललाई एडीबीको साथ, दियो ३ अर्ब सहुलियत ऋण



काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपालमा कोरोना महामारीविरुद्ध लड्नका लागि ३ अर्ब सहुलियत ऋण दिएको छ । मंगलबार उक्त ऋण स्विकृत भएको हो । यसमार्फत नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रलाई थप मजबुत बनाउनमा ठुलो सहयोग पुग्नेछ ।

नेपालका लागि विभिन्न समयमा ऋण दिँदै आएको र यसपालीको ऋण भने कोभीड १९ महामारीको अन्त्यका लागि र यसले प्रभाव पारेको अर्थतन्त्रका लागि पनि सहयोगी हुने एडीबीका अध्यक्ष मासात्सुगु आसाकावाले बताए ।

गत १३ अप्रिलमा एशियाली विकास बैंकले कोरोना भाईरस प्रभावित राष्ट्का लागि भनेर २० बिलियन डलरको प्याकेज घोषणा गरेको थियो । कोरोना नियन्त्रणका लागि २ ओटा कोषमार्फत उक्त रकम कोरोना प्रभावित राष्ट्रमा विनियोजन हुने बताईएको थियो । जसमा विभिन्न देशमा कोरोना महामारी फैलनुपूर्व गरिने पूर्वतयारीका लागि क्वारेन्टाईन बनाउने, प्रतिदिन ३ हजार जनाको जाँच गर्नेगरी पूर्वतयारी गर्ने गरी उक्त प्याकेजको घोषणा गरिएको थियो ।

यसका साथै एडीबीले कोरानाको महामारीपश्चात सिर्जना हुने बेरोजगारीको समस्यालाई पनि निर्मुल पार्नका लागि उक्त कोषले ठुलो सहयोग पुग्ने बताएको छ । एडीबीले युनिसेफको सहकार्यमा मेडिकल सामग्री आपुर्तिका लागि भन्दै नेपाललाई यसअघि पनि ३ लाख डलर बराबरको सहयोग गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL