Logo

नेपालको आर्थिक वृद्धिदर १.८ मा खुम्चने विश्व बैंकको प्रक्षेपण, खाद्यसंकट हुने खतरा

नेपालको आर्थिक वृद्धिदर १.८ मा खुम्चने विश्व बैंकको प्रक्षेपण, खाद्यसंकट हुने खतरा



काठमाडौं । विश्व बैंकले नेपालका आर्थिक वृद्धिदर यो बर्ष ह्वात्तै घट्ने प्रक्षेपण गरेको छ । विश्व बैंकल हिजो मात्रै सार्वजनिक गरेको दक्षिण एशिया ईकोनोमिक फोकस प्रतिवेदन सार्वजनिक गर्दै यो बर्ष नेपालको आर्थिक वृद्धिदर १ दशमलव ८ देखि २ दशमलव ८ प्रतिशतसम्म पुग्ने जानकारी दिएको हो । विश्वभर फैलिएको कोरोना भाईरसको महामारीका कारण पर्यटनमा कमी, व्यापार, वैदेशिक व्यापारलगायतका गिरावट आएका कारण आर्थिक वृद्धिमा ज्यादै संकुचन हुन सक्ने प्रक्षेपण गरिएको हो ।
विश्व बैंकले ६ महिनाअघि मात्रै नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत पुग्ने बताएको थियो । यस्तै हालन दक्षिण एशियाका अन्य देशमा पनि छ । पछिल्लो समय लामो समय लामोसम्मको लकडाउनका कारण नेपाललगायत दक्षिण एशियाका अन्या देशको हालत पनि त्यस्तै छ ।
विश्व बैंकले कोरोना भाईरसका कारण यो बर्ष नेपालको आर्थिक वृद्धिदर ४० बर्षकै खराव हुने बताएको छ । कोरोना भाईरसले नेपालका खासगरी कम आम्दानी भएका र दैनिक जिवनयापनका लागि ज्यालादारी गर्नेहरुलाई धेरै असर पारेको बताएको छ ।
यस्तै नेपालका ग्रामीण र शहरी क्षेत्रमा हालसम्म खाद्य सामाग्रीको अभाव नदेखिएपनि खाद्य सुरक्षाको संकट हुनसक्ने समेत विश्व बैंकको उक्त प्रतिवेदनमा उल्लेख छ ।
यस्तै विश्व बैंकले सन २०२१ मा नेपालको आर्थिक वृद्धिदर १ दशमलव ४ प्रतिशत र सन २०२२ मा २ दशमलव ७ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL