Logo

अर्थतन्त्र चलायमान बनाउन अध्ययन समिति गठन, योजना आयोगका पूर्व उपाध्यक्षहरुसँग अर्थमन्त्रीले गरे छलफल

अर्थतन्त्र चलायमान बनाउन अध्ययन समिति गठन, योजना आयोगका पूर्व उपाध्यक्षहरुसँग अर्थमन्त्रीले गरे छलफल


बिजखबर संवाददाता
405
Shares

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण समाप्तिपछि अर्थतन्त्रलाई चलायमान बनाउन विज्ञ समिति बनाएर अध्ययन गर्ने भएको छ ।

laxmi

कोरानो पछि नेपालाको अर्थतन्त्र उकास्नका लागि विज्ञहरुको समिति गठन गर्न लागिएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा प्राविधिक विज्ञ समेत संलग्न गरी अध्ययन समिति गठन गर्न लागिएको हो ।

उक्त छलफलमा आयोगका पूर्व उपाध्यक्षहरु डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. दिनेशचन्द्र देवकोटा, डा. स्वर्णीम वाग्ले र डा. मीन बहादुर श्रेष्ठ, स्वास्थ्य विज्ञ डा. अर्जुन कार्कीलगायतको सहभागिता थियो ।

छलफलका उनीहरुले सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि थालेका प्रयासले गर्दा मुलुकलाई थप जोखिमबाट बचाउन सहज बनेको धारणा व्यक्त गरेका थिए ।

विज्ञहरुले स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने, न्यून आय भएका र दैनिक ज्यालादारी गर्ने मानिसलाई खानपानको लागि समयमै राहत पुर्याउन ध्यान केन्द्रित गर्नुपर्ने बताएका थिए । साथै आगामी बजेटमा स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा बढी जोड दिनुपर्ने, तथा खरिद तथा बिक्री पारदर्शी बनाउनु पर्ने लगायतका सुझाव दिएका थिए ।

छलफलमा मन्त्री खतिवडाले कोरोनाको संक्रमण रोकथाम सरकारको मात्र नभई सबैको साझा दायित्व भएको बताएका थिए । साथै यसका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL