Logo

कोरोनामा भारतीय रिजर्भ बैंकको राहत प्याकेज : घटायो ब्याज, ३ महिनासम्म ऋणको किस्ता तिर्न नपर्ने

कोरोनामा भारतीय रिजर्भ बैंकको राहत प्याकेज : घटायो ब्याज, ३ महिनासम्म ऋणको किस्ता तिर्न नपर्ने



मुम्बई । कोरोना भाइरसले अर्थतन्त्रमा असर पुर्याएसँगै रिजर्ब बैंक अफ इन्डिया(आरबीआई)का राहतको प्याकेज ल्याएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कारोना भाइरसका कारण देशको अर्थतन्त्रमा गम्भिर असर पर्ने देखिएसँगै आरबीआईका गभर्नर शक्तिकान्त दासले राहत प्याकेजका नयाँ योजना घोषणा गरेका हुन् ।

आरबीआईदे टर्म लोनको किस्ता तिर्ने समयलाई तीन महिनाको छुट दिएका छन् भने रिपो रेट समेत घटाएको छ ।

नयाँ योजना सार्वजनिक गर्दै दासले रिपो रेट सुन्य.७५ प्रतिशतले घटाउने घोषणा गरेका हुन् । यसअघि रिपो रेट ५.१५ प्रतिशतबाट घटाएर ४.४ प्रतिशतमा झारिएको छ । जसका कारण सबै खाले कर्जाको ब्याजदर सस्तो हुने छ ।

कोरोनाका कारण अर्थतन्त्रमा समस्या भई बैंकमा ऋण तिर्न नसकेर डिफल्टरको संख्या बढ्ने भन्दै किस्ता बुझाउने समयमा छुट दिएको हो । जस अनुसार अबका दिनमा तीन महिनासम्म ऋणको किस्ता नबुझाउदासम्म डिफल्टर हुनेछैन ।

यसैगरी रेटिङ ऐजेन्सीले पनि तीन महिनासम्म बैंकको रेटिङ घटाउ पाउने छैनन् ।

यस्तै आरबीआईले अनिवार्य नगद मौज्जात(सीआरआर)को सीमालाई १ प्रतिशतले घटाएको छ । यसअघि ४ प्रतिशत रहेको सीआरआर ३ प्रतिशतमा झारिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL