Logo

सहुलियत कर्जामा अर्थमन्त्रीको चासो, बैंकलाई नाफामुखी बन्न छाडेर व्यवसायी मैत्री हुन निर्देशन

सहुलियत कर्जामा अर्थमन्त्रीको चासो, बैंकलाई नाफामुखी बन्न छाडेर व्यवसायी मैत्री हुन निर्देशन



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाई नाफामुखी मात्र नभई व्यवसायमैत्री बन्न निर्देशन दिएका छन् । मन्त्री खतिवडाले आज भएको अर्थ मन्त्रालय, नेपाल राष्ट्र वैक र बैंकस् एशोशियसनका पदाधिकारीबीचको छलफलमा मुलुकमा हाल सम्भावनायुक्त लगानी क्षेत्रको रुपमा विकसित भएको पूर्वाधारमा लगानी विस्तार गर्न, व्याजदर निर्धारणको सम्बोधन गर्न वंैकले लिने सेवा शुल्कको समिक्षा गर्न समेत निर्देशन दिएका छन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीसँग सेवा शुल्कको नाममा अनावश्यक रकम असुल्न थालेको गुनासो बढेपछि अर्थमन्त्री खतिवडाले राष्ट्र बैंक र बैंकर्स संघका पदाधिकारीलाई बोलाएर उक्त निर्देशन दिएका हुन् ।

वित्तीय प्रणालीका महत्वपूर्ण पक्षका रुपमा रहेको बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालन नियमन तथा राष्ट्र बैंकले समय समयमा ती संस्थाहरुलाई दिइएका निर्देशनको कार्यान्वयनमा भएका प्रगतिका बारेमा समेत उनले जानकारी लिएका थिए । विशेषगरी खतिवडाले बैंकको व्याजदर, सेवा शुल्कलगायतजस्ता विषयमा बैंक तथा वित्तीय संस्था नाफामुखी मात्र नभएर व्यवसायी मैत्री हुनुपर्ने बताएका थिए ।

साथै उनले राष्ट्र बैंक र बैंकस् एशोशियसनका पदाधिकारीलाई सहुलियतपूर्ण कर्जा कार्यान्वयनमा नतिजा आउने गरि काम गर्न निर्देशन दिएका छन् । साथै वाणिज्य बैंकहरुबाट हेजिङ सुविधा उपलब्ध गराउने वातावरण निर्माण गर्न, विदेशी विनिमयको व्यवस्थापनलाई थप प्रभावशाली बनाउन एवम् नेपाल राष्ट्र बैकको नियमनकारी भूमिकालाई प्रभावकारी र समयसापेक्ष बनाउन समेत निर्देशन दिएका छन् । देशमा सबै क्षेत्र मिलेर परिवर्तन ल्याउनेगरी काम गर्नुपर्ने भन्दै अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकस् एशोशियसनका पदाधकारीलाई निर्देशन हुन् ।


छलफलमा कर्जा प्रवाह गर्दा खोजिने कर चुक्ता प्रमाणपत्रको कार्यान्वयनमा देखिएका समस्याहरु समाधान गर्ने विषयमा समेत छलफल भएको थियो । साथै बैकवाट ऋण लिने ऋणीले आन्तरिक राजस्व कार्यालयमा पेश गरेको विवरण र वैकमा प्रस्तुत गरेको वित्तीय विवरणको बीचमा अन्तर आवद्धताको प्रभाव तथा सो सम्वन्धमा देखिएका समस्याहरु समाधान गरी वित्तीय अनुशासन र कारोवारलाई थप म्यार्दित बनाउन समेत अर्थमन्त्रीले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL