Logo

बैंकिङलगायत अन्य फ्रड गतिविधी नेपालकै लागि मुख्य चुनौती बनेको अर्थमन्त्री खतिवडाको ठहर

बैंकिङलगायत अन्य फ्रड गतिविधी नेपालकै लागि मुख्य चुनौती बनेको अर्थमन्त्री खतिवडाको ठहर



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधिकै कारणले नेपालमा बैंकिङ र अन्य फ्रडहरु बढेको बताएका छन । आईतबार नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाको सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले कुनैपनि फर्म दर्ता गराउनेदेखि अडिट गर्नेसम्म प्राविधिक लगायत विभिन्न कारणले फ्रड हुने गरेको बताए ।

laxmi

‘उद्योग विभाग र कम्पनी रजिष्ट्रारमा समेत नक्कली नागरिकता र डकुमेन्ट बुझाएर फ्रड गर्नेहरुको संख्या बढ्दो छ,’ उनले भने, ‘हाम्रा लेखापरीक्षकले समेत त्यस्तालाई राम्रै र सबै ठिक भन्न पछि पर्दैनन ।’ कुनैपनि कम्पनी वा फर्म दर्ता हुँदादेखि अडिट हुँदासम्म फ्रड हुनेगरेको उनले बताए ।

उनले कुनैपनि संघसंस्था, फर्म वा अन्य कम्पनीहरुमा अडिट गर्ने अडिटरहरुले आफ्नो क्षमता बढाउन सुझाव दिएका छन । पछिल्लो समय बैंकिङ फ्रड पनि प्रविधिकै कारणले तीव्र गतिमा बढिरहेको उनको भनाई थियो । उनका अनुसार बढ्दै गएको प्रविधिका कारण बढेको फ्रड अहिलेको मुख्य चुनौती भएको छ ।

पछिल्लो समय बढेको फ्रडहरुको नियन्त्रण गर्नका लागि सरकारले पनि विभिन्न किसिमका ऐन नियमहरु बनाएको उनले बताए । यस्तै अहिलेको हिउँदे अधिबेसनमा समेत फ्रड र भ्रष्टाचारसम्बन्धी विभिन्न ऐनहरु पारित हुने अवस्थामा रहेको अर्थमन्त्रीको भनाई छ । यस्ता ऐन तथा नियम आएपछि यसको कार्यान्वयनमा विशेष जोड दिन सबैलाई आग्रह समेत उनले गरेका छन ।

कार्यक्रममा बोल्दै महालेखा परिक्षक टंकमणी शर्मा दंगालले अडिटरहरुले अडिट गर्दा विशेष ध्यान दिनपर्ने बताए । उनले कतिपय कम्पनीहरुले अडिटरको लागि भनेर पहिल्यै पैसा छुट्याउने गरेको पाईएको बताए । उनले यस्ता कामबाट अडिटरहरु सक्दो बच्न आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL