Logo

आयात घट्दा २४ प्रतिशतले बढ्यो निर्यात, व्यापारघाटाको खाडल पुरिँदै

आयात घट्दा २४ प्रतिशतले बढ्यो निर्यात, व्यापारघाटाको खाडल पुरिँदै



काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ४ महिनामा नेपालबाट हुने निर्यातमा २३ दशमलव ९ प्रतिशतको वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु अर्थिक बर्षको साउनदेखि कात्तिकसम्मको तथ्याङ्कमा गत आवभन्दा चालू आबको सोही अबधिमा निर्यातमा उच्च वृद्धि भएको हो ।

तर सोही अबधिमा विदेशबाट हुने आयातमा भने ६ दशमलव ९ प्रतिशतले गिरावट आएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । नेपालले आयातित वस्तुमा कडाई गर्दा चालु आर्थिक बर्षको ४ महिनामा आयात जम्मा ४ खर्ब ५० अर्ब ३० करोड रुपैयाँमा सिमित भएको हो । तर गत आर्थिक बर्ष भने आयात ३५ दशमलव ८ प्रतिशतले बढेको थियो ।

यस्तै नेपालबाट हुने निर्यात भने २३ प्रतिशतले वृद्धि हुँदै ३६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । जुन गत बर्ष ११ प्रतिशतले बढेको थियो । निर्यातमा अनुदान र आयातमा कडाईका कारण चालु आवमा व्यापारघाटामा केही संकुचन आएको छ छ । राष्ट्र बैंकका अनुसार गत बर्ष ३७ प्रतिशतले बढेको व्यापारघाटा चालु आवको ४ महिनामा ८ दशमलव ९ प्रतिशतले घट्दै ४ खर्ब १४ अर्बमा व्यापारघाटा सिमित भएको छ ।

चालु आर्थिक बर्षको ४ महिनामा पाम आयल, अलैँची, धागो, जुटका सामान लगायतको निर्यात बढेको छ । यस्तै कच्चा पाम तेल, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका सामानको आयात बढेको छ ।

पछिल्लो ४ महिनामा गत आवको तुलनामा भारत ४५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ६ प्रतिशतले निर्यातमा कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL