Logo

लक्ष्यभन्दा माथि पुग्यो मुद्रास्फीति, काठमाडौंमा सबैभन्दा बढी महँगी

लक्ष्यभन्दा माथि पुग्यो मुद्रास्फीति, काठमाडौंमा सबैभन्दा बढी महँगी



काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुद्रास्फीति लक्ष्य भन्दा बढी पुगेको छ । सरकारले चालू आवमा मुद्रास्फीति ६ प्रतिशतमा कायम राख्ने बताए पनि यो आवको पहिलो ३ महिनामै मुद्रास्फीति ६.२१ प्रतिशत पुगेको हो ।

laxmi

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ नामक प्रतिवेदनमा यो वर्ष असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२१ प्रतिशत रहेको भने अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.६८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.०४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५५ प्रतिशत रहेको छ ।

Source : Nepal Rasta Bank


यस्तै समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य बढेको छ ।


समीक्षा अवधिमा काठमाडौं उपत्यकामा ८.१४ प्रतिशत, तराईमा ५.७५ प्रतिशत, पहाडमा ४.८९ प्रतिशत र हिमालमा ५.११ प्रतिशत मुद्रास्फीति रहेको छ । अघिल्लो वर्ष भने यी क्षेत्रहरुमा क्रमशः ४.०४ प्रतिशत, ४.३४ प्रतिशत, ६.१० प्रतिशत र ४.२४ प्रतिशत मुद्रास्फीति रहेको थियो । समीक्षा अवधिमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२१ प्रतिशत रहेकोमा भारतमा यस्तो (अक्टोबर महिनाको) मुद्रास्फीति ४.६२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.६८ प्रतिशत र ३.३८ प्रतिशत रहेको थियो । थोक मुद्रास्फीति छ. २०७६ असोजमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.१० प्रतिशत रहेको छ ।

Source : Nepal Rasta Bank

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.१७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य पदार्थ, यातायात उपकरण तथा पार्ट्स र टेक्सटाइल उपसमूहको थोक मूल्य वृद्धि उच्च रहेको छ । ट. वृहत आर्थिक वर्गीकरणको आधारमा समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ११.९५ प्रतिशत, १.६१ प्रतिशत र २.४६ प्रतिशत रहेको छ । निर्माण सामाग्रीको थोक मूल्य भने २.४१ प्रतिशतले घटेको छ ।

२०७६ असोजमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १२.०७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ८.७३ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क १३.५६ प्रतिशत र ज्यालादर सूचकाङ्क ११.६७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.२१ प्रतिशत रहेको छ । तीन महिनाको औसत मुद्रास्फीति ६.४४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL