Logo

सुर्य नेपाल लगातार बन्यो सबैभन्दा बढि कर तिर्ने संस्था, व्यक्तिगततर्फ सिद्धार्थ शम्शेरकै निरन्तरता

सुर्य नेपाल लगातार बन्यो सबैभन्दा बढि कर तिर्ने संस्था, व्यक्तिगततर्फ सिद्धार्थ शम्शेरकै निरन्तरता



काठमाडौं । सरकारले विभिन्न १५ विधामा सबैभन्दा बढि कर तिर्ने करदातालाई सम्मान गरेको छ । सरकारले यस बर्षपनि गत आर्थिक बर्षमा सबैभन्दा बढि आयकर तिर्ने कम्पनीमा सुर्य नेपाललाई सम्मान गरेको छ ।

आन्तरिक राजस्व विभागल आठौं राष्ट्रिय कर दिवसको अवसमा संस्थागत तथा व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको हो । यसैगरी आर्थिक बर्ष २०७५/७६ निर्यातकर्तामध्ये सबैभन्दा बढि आयकर तिर्नेमा डाबर नेपाललाई सम्मान गरेको छ भने उद्योगमा मदिरा र चुरोट बाहेक सबैभन्दा बढि आयकर तिर्नेमा जगदम्बा स्टिल्स प्रालिलाई सम्मान गरेको छ ।

आन्तरिक राजस्व विभागले कर दिवसको अबसरमा कृषि तथा पशुपक्षी उद्योगतर्फ अन्नपूर्ण एग्रो, सहकारीमा छिमेकी लघुबित्त सहकारी सस्था, बैंक तथा वित्तीय संस्थामा राष्ट्रिय बाणिज्य बैंक, बीमा व्यवसाय आयकरमा नेपाल लाईफ इन्स्योरेन्सलाई सम्मान गरेको छ ।

यसैगरी स्वास्थ्य तथा शिक्षा क्षेमा सबैभन्दा बढि आयकर तिर्नेमा मणिपाल मेडिकल कलेजलाई सम्मान गरिएको छ भने सुचना प्रविधी सेवामा सबै भन्दा बढी आयकर वल्र्डलिङ्क कम्युनिकेसनले गिरेको छ भने व्यापार व्यवसायमा मोटर विक्रेता कम्पनी अग्नी इन्कर्पोरेट रहेको छ ।

गत आबमा पर्यटन व्यवसायमा सबैभन्दा बढि आयकर तिर्ने तारागाउँ रिजेन्सीलाई सम्मान गरिएको छ भने मध्यमस्तरीय आयकरमा कामना सेवा बिकास बैंक सम्मानि भएको छ । आन्तरिक राजस्व कार्यक्षेत्र भित्रमा भिएस मौरिसस रहेको छ भने मूल्य अभिवृद्धि कर (भ्याट)मा यस बर्षपनि घोराही सिमेन्ट रहेको छ ।

यस बर्ष पनि व्यक्तिगततर्फ सबैभन्दा बढी आयाकर तिर्नेमा सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शम्शेर राणालाई सम्मान गरेको छ । उनले पछिल्लो समय व्यक्तिगततर्फ लगातार सबैभन्दा बढी कर तिर्दे आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL