Logo

सवारीसाधन एसेम्बल गर्ने उद्योगमाथी अर्थमन्त्रीको अंकुश, उच्च भ्यालुएड नभए छुट दिन सकिन्न

सवारीसाधन एसेम्बल गर्ने उद्योगमाथी अर्थमन्त्रीको अंकुश, उच्च भ्यालुएड नभए छुट दिन सकिन्न



काठमाडौं । अर्थमन्त्री डा. युवराज खडिवडाले सवारी साधन एसेम्बल उद्योगको नाममा विदेशबाट पार्टपूर्जा आयात गरी स्वदेशमा जडान मात्र गरेर बिक्री गर्ने उद्योगलाई छुट नदिने बताएका छन् । उद्योगको नाममा भ्यालु एड नगरी सवारीसाधनको पार्ट पूर्जा मात्र जडान गरी बिक्री गर्ने उद्योगलाई सरकारले छुट दिईरहन नसक्ने उनको उद्घोष थियो ।

‘यदि सरकारबाट छुट लिएर सवारीसाधन एसेम्बल गर्ने हो भने न्यूनतम २० प्रतिशत भ्यालुएड हुनुपर्छ,’ नाडा अटो शो २०१९ को उद्घाटन गर्दै उनले भने, ‘अन्यथा सरकारले सवरीसाधनबाट लिँदै आएको २८० प्रतिशतसम्मको राजस्व गुमाएर एसेम्बल उद्योगलाई छुट दिन सक्दैन ।’

यसैगरी हाइब्रीड गाडीहरुमा पनि हाईब्रीड लेखेको भरमा मात्रै छुट दिन नसकिने बताएका छन् । सरकारले बजेटमार्फत कम पेट्रोलियम पदार्थ खपत गर्ने हाइब्रीड गाडीलाई भन्सारलगायतका छुट दिने बताएको थियो । तर, पछिल्लो समय मोटर आयातकर्ताहरुले १० प्रतिशत पनि पेट्रोलियम पदार्थ खपत नपर्ने गाडीमा पनि हाइब्रीड लेखेर आयात गर्न थालेको भन्दै छुट नदिईने बताएका हुन् ।

‘अहिले व्यवसायीहरुले व्याट्रिबाट स्टार्ट मात्र हुने अनि सबै पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई पनि हाईब्रीड भन्दै छुट माग्न आउन थालेका छन् अहिले भन्सार नाकामा अड्किएका हाईब्रीड गाडिको प्रकृति त्यस्तै छ,’ उनले भने, ‘सामान्य गाडि सरह पेट्रोलियम पदार्थ खपत गर्ने गाडिलाई बाईब्रीड लेखेको भरमा छुट दिन सकिँदैन ।’

साथै पछिल्लो समय नेपालमा अधिकतम गाडि आयात भएको भन्दै सरकारले पनि सोही अनुरुपको नीति अवलम्बन गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL