Logo

राजनीतिक अस्थिरताका कारण आक्रान्त भेनेजुएला, मुद्रास्फिती दर ३ लाख प्रतिशत

राजनीतिक अस्थिरताका कारण आक्रान्त भेनेजुएला, मुद्रास्फिती दर ३ लाख प्रतिशत



काठमाडौं । कुनै पनि देशको मुद्रास्फिती दरले त्यहाँका मानिसहरुको वित्तीय स्थितिमा ठुलो असर पार्दछ । यसले मानिसको साताको खर्च तथा विभिन्न भुक्तानी र बचतमा समेत ठुलो असर पार्दछ ।
हामीले खर्च गर्ने गरेका विभिन्न बस्तु र सेवाको मूल्य विभिन्न समयमा परिवर्तन भईरहेको हुन्छ ।

जसको मूख्य प्रभाव राष्ट्र तथा व्यवसायको तापमानमा भर पर्दछ । सामान्यतया मुद्रास्फितीको न्युन वृद्धि नै सबैको लागि मान्य हुन्छ । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार हाल विश्वको मुद्रास्फिती दर ३ दशमलव ६ प्रतिशत रहेको छ ।

तर मुद्रास्फिती दर एकदम उच्च छ भने देशमा व्यापार गर्न तथा उपभोक्ताको जिविकोपार्जन गर्न समेत अप्ठयारो हुने गर्दछ । यदि कुनै वस्तु तथा सेवाको मूल्य छोटो समयमा उच्च रुपमा बढ्यो भने हामीले कुनै वस्तु या सेवा खरिद गर्न सक्दैनौं र हाम्रो पैसाको मूल्य पनि सोही अनुसार घटेको अनुभव हुन्छ ।

यस्तै विश्वमा राजनीतिक तथा आर्थिक अस्थिरताका कारण उच्च मुद्रास्फिती भएका देशहरु पनि छन । भेनेजुएला, जिम्वावे तथा दक्षिण सुडान विश्वमै उच्च मुद्रास्फिती भएका राष्ट्र हुन । ट्रेडिङ ईकोनोमिक्सले संकलन गरेको तथ्याङ्क अनुसार यी देशहरु उच्च मुद्रास्फितीका कारण आक्रान्त छन ।

सन २०१९ को अप्रिलसम्म भेनेजुएलाको मुद्रास्फिती उच्च हुँदै ३ लाख प्रतिशत पुगेको छ । यो उक्त देशको राजनीतिक तथा आर्थिक उथलपुथलको संकेत हो । आईएमएफका अनुसार यो बर्षको अन्त्यसम्म भेनेजुएलाको मुद्रास्फिती १० लाख प्रतिशत पुग्नेछ ।

आर्थिक तथा राजनीतिक उथलपुथलका कारण भेनेजुएलाका करिव ४० लाख मानिसहरु देश छोडेर हिँडेको संयुक्त राष्ट्र संघले बताएको छ । हाल तेल उत्पादनमा कमि, उच्च मुद्रास्फिती तथा राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रको आकार पनि सन २०१३ को तुलनामा आधा मात्रै छ । जसलाई तोड्न समेत धेरै कठिन मानिएको छ ।

यस्तै उच्च मुद्रास्फिति रहेको दोस्रो राष्ट्र जिम्वावेको मुद्रास्फिति दर भने हाल १ सय ७६ प्रतिशत छ । यो जिम्बावे १ दशक अघि रहेको उच्च मुद्रास्फितीमा पुग्न लागेको डरलाग्दो संकेत पनि हो । अत्यावश्यक बस्तु जस्तै ब्रेड, ईन्धन, औषधी लगायतका वस्तुहरुको मूल्य बढ्दा यसको संकट परेको छ । सन २०१७ मा त्यहाँका राष्ट्रपति ईमर्सन नंगग्वाले पदभार ग्रहण गरेसँगै राजनितिक स्थिरता ल्याउने बताएका थिए तर हालसम्म पुरा भएको छैन ।

विश्व बैंकको प्रमुख अर्थशास्त्री जाहिद हुसेनका अनुसार आर्थिक वृद्धि र राजनीतिक स्थिरता एकअर्कामा अन्तर्निहित हुन्छन । तर सबै क्षेत्रमा नभई सक्षम नेतृत्वमा यसको मुख्य आवश्यकता पर्दछ ।

ट्रेडिङ ईकोनोमिक्सका अनुसार नेपाल भने उच्च मुद्रास्फिती दर हुने देशको ३५ औं स्थानमा छ । नेपाल भन्दा बढी मुद्रास्फिती रहेका देशहरुमा घाना, पाकिस्तान, उरुग्वे, ट्युनिसिया लगायतका देशहरु परेका छन । तथ्याङ्क अनुसार यो बर्षको जुलाई सम्म नेपालको मुद्रास्फिती दर ६ दशमलव २० प्रतिशत रहेको छ । यस्तै सबैभन्दा कम मुद्रास्फिती रहेको देश भने बुरुण्डी परेको छ जसको मुद्रास्फिती दर हाल माईनस ४ प्रतिशत रहेको छ ।

साथै नेपालको छिमेकी देश भारत भने धेरै मुद्रास्फिती दर रहेको देशको ६७ औं स्थानमा रहेको छ । भारतको मुद्रास्फिती दर ३ दशमलव १५ प्रतिशत रहेको छ । वर्ल्ड ईकोनोमिकको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL