Logo

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ६७ हजार ८ सयमा कारोबार

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ६७ हजार ८ सयमा कारोबार



काठमाडौं । सोमबार सुनको मूल्य तोलाको ६७ हजार ८ सय रुपैयाँ पुगेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १५ सयले बढेर ६७ हजार ८ सय रुपैयाँ पुगेको हो ।

आईतबार तोलामा ५ सय रुपैयाँले बढेकामा सोमबार १५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च कायम भएको हो । त्यस्तै तेजाबी सुनको मूल्य ६७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आइतबार सुन तोलाको ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यमा २० रुपैयाँले वृद्धि भई तोलाको ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL