Logo

११ महिनामा १३ खर्बको बस्तु आयात हुँदा निर्यात ८७ अर्बमा सिमित, १७ प्रतिशतले बढ्यो व्यापारघाटा

११ महिनामा १३ खर्बको बस्तु आयात हुँदा निर्यात ८७ अर्बमा सिमित, १७ प्रतिशतले बढ्यो व्यापारघाटा



काठमाडौं । आर्थिक बर्ष २०७५/७६ को ११ महिनामा करिव १३ खर्ब बराबरको बस्तु आयात भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक बर्षको ११ महिनामा विभिन्न देशहरुबाट १२ खर्ब ९९ अर्ब ८० करोड बराबरको बस्तु आयात भएको हो ।

सरकारले आयात प्रतिस्थापनका विभिन्न नीति तथा नियमहरु ल्याएपनि सोही अनुसार आयात भने घट्न सकेको छैन । पछिल्लो समय आयात उच्च हुँदै गएको तथ्याङ्कले देखाएको छ । विदेशबाट हुने आयात ११ महिनामा १७ दशमलव ३ प्रतिशतको वृद्धि भएको छ ।

तर, सरकारले निर्यातमा अनुदान तथा विभिन्न प्रकारका सुविधा दिँदा पनि नेपालबाट निर्यात हुने बस्तुको अनुपातमा समेत भनेजस्तो सुधार आउन नसकेको तथ्याङ्कले देखाएको छ । तथ्याङक अनुसार गत आबको पछिल्लो ११ महिनामा ८७ अर्ब ८३ करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएको छ । जुन अघिल्लो आबको सोही अवधिको तुलनामा १८ दशमलव ७ प्रतिशतले मात्रै बढि हो ।

समग्रमा नेपालतर्फको आयात उच्च र निर्यातमा गिरावटका कारण व्यापारघाटा बढेर १२ खर्ब ११ अर्ब ९६ करोड पुगेको छ । विदेशबाट बढी आयात हुने बस्तुमा पेट्रोलियम पदार्थ, हवाईजहाजका सामग्री, तयारी पोशाक, एमएस बिलेट लगायतका सामग्री छन ।

यसैगरी निर्यात हुने बस्तुमा भने पोलिस्टर यार्न, जुटका सामान, चाउचाउ, दाल लगायतका बस्तु रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL