Logo

पहिलो पटक वित्तीय साक्षरता सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन गर्दै धितोपत्र बोर्ड, अमेरिकालगायत दर्जन देशको सहभागिता

पहिलो पटक वित्तीय साक्षरता सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन गर्दै धितोपत्र बोर्ड, अमेरिकालगायत दर्जन देशको सहभागिता



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालमा पहिलो पटक ओईसीडीसँगको सहकार्यमा वित्तीय साक्षरता सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

laxmi

अन्तर्राष्ट्रिय सम्मेलनलाई वित्तीय साक्षरता सम्बन्धमा विभिन्न सत्रहरु संचालन हुने गरी बृहत सम्मेलन र वित्तीय साक्षरता सम्बन्धमा विशेष छलफल सहितको कार्यक्रम गर्ने भएको छ ।

पहिलो भाग सम्मेलनको प्रथम दिन र दोस्रो आधा दिन नेपाल लगायत अन्य बिभिन्न अन्तर्राष्ट्रिय जगत्का विज्ञहरुले वित्तीय साक्षरता, समावेशिता, वित्तीय ग्राहक सुरक्षा, वृद्ध जनसंख्याको वित्तीय समावेशिता, बाल्यकालदेखि वित्तीय जोखिमता कम गर्ने, ग्रामीण तथा शहरी जनसंख्याका वित्तीय आवश्यकता बुझ्ने, वित्तीय साक्षरतामा सुधार एवम् साना तथा मझौला उद्योगमा पहुँच वृद्धि गर्ने सम्बन्धमा विभिन्न सत्रहरु संचालन हुनेछन ।

सो कार्यक्रमसँगै नेपालसहित यस क्षेत्रमा वित्तीय साक्षरतासम्बन्धमा देखिएका चुनौती र अवसरहरु बारेमा छलफल गरी समाधान पहिल्याउने अवसर मिल्ने, हालसालै सम्पन्न गरिएको नेपाल इन्भेष्टमेन्ट समिट पश्चात् उक्त कार्यक्रम आयोजना हुन लागेकोले यसबाट अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको थप उचाईमा पुर्याउने, वित्तीय साक्षरता तथा लगानीकर्ताको हित सरंक्षण विषयमा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण सन्देश जाने बोर्डको विश्वास रहेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने सो कार्यक्रममा अमेरिका, दक्षिण अफ्रिका, अष्टे«लिया, काजाकिस्तान, सिंगापुर, थाइल्याण्ड, भूटान, चिन र भारत लगायत देशहरुका साथै यससँग सम्बन्धित अन्य संस्थाहरुबाट प्रतिनिधित्व गर्नेछन् ।

अन्तरराष्ट्रिय संस्थाहरु र पूर्व एशियाली तथा सार्क राष्ट्रका वित्तीय क्षेत्रका नियमनकारी निकायहरुका प्रतिनिधि गरी ४० जना वित्तीय क्षेत्र तथा वित्तीय साक्षरताको अन्तरराष्ट्रिय विज्ञहरुको सहभागिता सहित नेपाल सरकार–अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज, अन्य धितोपत्र बजार सहभागी, बैंकर्स एसोशियसन, लगानीकर्ताका संघहरु लगायतका संस्थाहरुका प्रतिनिधी तथा विश्व विद्यालयका प्राध्यापकहरु गरी कुल १२५ जनाको सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL