Logo

भारतसँगमात्रै होइन अमेरिकादेखि हैटिसँग समेत नेपालको व्यापार घाटामा छ, हेर्नुहोस १३३ देशसँगको व्यापार घाटा

भारतसँगमात्रै होइन अमेरिकादेखि हैटिसँग समेत नेपालको व्यापार घाटामा छ, हेर्नुहोस १३३ देशसँगको व्यापार घाटा



काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा अत्यास लाग्दो बन्दै गएको छ । देशले दैनिक ३ अर्ब ६६ करोड रुपैयाँ व्यापार घाटा बेहोरिरहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । बढ्दो उपभोग प्रवृतिले आयात उच्चदरमा बढाएको छ । कृषिप्रधान देशमा कृषिकै आयात उच्च छ ।

यसले गर्दा नेपालले मासिक १ खर्ब रुपैयाँ भन्दा बढीको व्यापार घाटा बेहोरिरहेको छ । तर, उत्पादकत्व बढाउने वस्तुको आयात उच्च हुँदा व्यापार घाटा चुलिदै गएकाले आत्तिन नपर्ने भन्दै अर्थमन्त्री डा. युवराज खतिवडादेखि राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसम्मले बचाउँ गर्दै आएका छन् । तर, बढ्दो आयात र व्यापार घाटाकै कारण बाह्य क्षेत्रमा चौतर्फी दवाव परिरहेको विज्ञहरु बताउँछन् । त्यसो त नेपालले छिमेकी भारत र चिनसँग मात्रै होइन, विश्वको शक्ति राष्ट्र अमेरिका र बेलायतसँग मात्रै पनि होइन, भुटान र हैटिसँग पनि व्यापार घाटा बेहोरिरहेको छ । नेपालले चालु आवको १० महिनामा १ सय ५१ देशसँग व्यापार गरेको छ ।

त्यसमध्ये जम्ममा १८ मुलुकसँग मात्रै नेपालको व्यापार नाफामा छ । बाँकी १ सय ३३ मुलुकसँगको व्यापार घाटामा रहेको विभागको तथ्यांकले देखाउँछ । यस अवधिमा नेपालले भुटानमा १५ करोड रुपैयाँको निर्यात गर्न सकेको छ भने भुटानबाट १ अर्ब २८ करोडको आयात गरेको छ । जसबाट नेपालले भुटानसँग १ अर्ब १३ करोड रुपैयाँको घाटा बेहोरेको छ । त्यस्तै, हैटिबाट नेपालले ९ लाखका सामान आयात गरेको छ ।

तर, निर्यात भने एक रुपैयाँको पनि गर्न सकेको छैन । समिक्षा अवधिमा नेपालले कुल ७८ अर्ब ५३ करोड रुपैयाँको मात्रै निर्यात गरेको छ । जबकी नेपालले आयात भने ११ खर्ब ७८ अर्ब १३ करोड रुपैयाँको गरेको छ । फलस्वरुप यस अवधिमा नेपालले कुल १० खर्ब ९९ अर्ब ६० करोडको व्यापार घाटा बेहोरेको छ ।

कुन देशसँग नेपालको व्यापार घाटा कति छ ? हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्
MBL