Logo

राजस्वमा गुणात्मक वृद्धि गर्न अर्थमन्त्री खतिवडाको निर्देशन, न्युन विजकिकरण रोक्न अनुगमन

राजस्वमा गुणात्मक वृद्धि गर्न अर्थमन्त्री खतिवडाको निर्देशन, न्युन विजकिकरण रोक्न अनुगमन



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले करको दायरा बढाएर राजस्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिएका छन ।

आन्तरिक राजस्व कार्यालय भरतपुरका कर्मचारीलाई सोमबार निर्देशन दिँदै मन्त्री खतिवडाले संख्यामा मात्रै भन्दा राजस्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिएका हुन ।

करमा दर्ता मात्रै हुने तर राजस्व तिर्ने गरी व्यवसाय गर्ने कम भएको भन्दै उनले व्यवसाय गर्ने करदातालाई करको दायरामा ल्याउन निर्देशन दिएका हुन ।

आर्थिक ऐन २०७५ ले गरेका व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्न समेत मन्त्री खतिवडाले निर्देशन दिएका छन । आर्थिक ऐनले समय सीमा तोकेर विभिन्न क्षेत्रमा छुटको व्यवस्था गरेको थियो ।

मन्त्री खतिवडाले आगामी बजेटमा कर प्रणालीमा सुधार गर्नुपर्ने केही देखिएमा सुझाव पठाउन समेत निर्देशन दिएका छन । यस कार्यालयले चितवन र नवलपुर जिल्लाका धेरै मदिरा एवं बियर उद्योग हेर्ने भन्दै उनले अन्तः शुल्क संकलनमा चुस्त–दुरुस्त ढङ्गले काम गर्न कर्मचारीलाई निर्देशन दिएको चितवन कार्यालय प्रमुख शुवप्रसाद रिजालले जानकारी दिएका छन ।

सोही अवसरमा राजश्व सचिव लालशंकर घिमिरेले बजार अनुगमनमा कडाइ गर्दै बिल नकाट्ने, कम मूल्यको बिल काट्ने जस्ता गतिविधि भए तत्काल रोक्न निर्देशन दिएका छन । निर्देशन पालना गर्दै लक्ष्य प्राप्तिमा भएका कमजोरीलाई हटाउँदै आगामी दिनमा बाँकी लक्ष्य प्राप्तिका लागि कार्य सम्पादनमा अझ प्रभावकारिता ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन ।

आन्तरिक राजस्व कार्यालयमा ५१ हजार करदाता छन् । चालू आर्थिक वर्षको चैतसम्ममा २० अर्ब रुपैयाँ राजस्व संकलन भइसकेको उनले बताए । यस आर्थिक वर्षमा ३० अर्ब रुपैयाँ राजस्व उठाउने सो कार्यालयको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL