Logo

अर्थमन्त्रीको सचिवालयले भन्यो, ‘राजीनामाको हल्ला निराधार हो केही स्वार्थी समुहले अनावश्यक हल्ला फैलाए’

अर्थमन्त्रीको सचिवालयले भन्यो, ‘राजीनामाको हल्ला निराधार हो केही स्वार्थी समुहले अनावश्यक हल्ला फैलाए’



काठमाडौं । मिडिया र सामाजिक संजालमा अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिने भन्ने हल्ला आएसँगै उक्त हल्ला निराधार रहेको अर्थमन्त्रीका स्वकीय सचिव तुलसी मैनालीले जानकारी दिए ।

‘यस अघि केही मिडिया र सामाजिक संजालमा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाउँदै भन्ने हल्ला फिजाए’, उनले भने, ‘उक्त कुरा असत्य सावित भइसकेपछि अब आफैले राजीनामा दिने भन्ने हल्ला फैलाउन थालेका छन् ।’

पछिल्लो समय अर्थमन्त्रीको विषयलाई लिएर अनावश्यक हल्ला फैलाउन थालिएको समेत उनले जानकारी दिए । ‘बेलायत भ्रमणमा रहनुभएका अर्थमन्त्री ज्यू हिजो बेलुका करिब ८ बजे त्रिभुवन विमानस्थलबाट बाहिरिनुभएको थियो,’ उनले भने,’ तर, नेपालका केही अनलाईन मिडिया र सामाजिक संजालमा दिउँसै देखि अर्थमन्त्रीले प्रधानमन्त्रीलाई भेटेरै राजीनामा दिने बताएको कुरा आएको थियो ।’

केही समय अघि अर्थमन्त्रीलाई प्रधानमन्त्रीले हटाउँदै भन्ने हल्ला पिटाउँदै हिडेका स्वार्थी र अर्थतन्त्र विरोधी तत्वहरु उक्त कुरामा असफल भइसकेपछि अब आफैले राजीनामा दिँदै भन्ने हल्ला फैलाएर दबाब सिर्जना गर्न लागिपरेको समेत उनले जानकारी दिए ।

‘आईतबार राती अर्थमन्त्रीज्यू बेलायतबाट फर्किएपछि हामीसँगै विमानस्थलबाट बाहिरिएका हौं,’ उलने भने, ‘तर, मिडिया र सामाजिक संजालमा कसरी दिउसै प्रधानमन्त्रीलाई भेट गरी राजीनामा दिने बताएको कुरा सार्वजनिक भयो त्यो थाहा भएन ।’

अर्थमन्त्रीका विरुद्ध लाग्दै आएका केही झुण्डहरुले अनाबश्यक विवाद निकाल्ने काम गर्दै आएको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL