Logo

नेपाललाई एडिबीको ३ अर्ब सहायता, लक्ष्यको ३८ प्रतिशत रकममात्रै परिचालन

नेपाललाई एडिबीको ३ अर्ब सहायता, लक्ष्यको ३८ प्रतिशत रकममात्रै परिचालन



काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले नेपालको विकासको लागि हालसम्म २ अर्ब ८० करोड अर्थात ३ अर्ब रुपैयाँ सहयोग गरेको छ । एडिबीले ऋण र अनुदान गरी सो रकम नेपालको विकासमा सहयोग गरेको हो ।

एडिबीले हालसम्म नेपालका विभिन्न ६ क्षेत्रका ३६ ओटा परियोजनामा सहयोग गर्दै आएको छ । यसमध्ये एडिबीले हालसम्म शहरी विकास र खानेपानीमा सबैभन्दा ठुलो रकम सहयोग गरेको छ । सो क्षेत्रमा हालसम्म ८ सय ८२ मिलियन डलर सहायता प्रदान गरेको छ । यसैगरी दोस्रो बढी लगानी यातायात क्षेत्रमा ५ सय ९१ मिलियन डलर सहयता प्रदान गरेको जानकारी दिएको छ ।

एडिबीले नेपालको विकासमा ठूलो रकम सहायता प्रदान गरेपनि सोही अनुरुप कार्यप्रगती भने हुन नसकेको जानकारी दिएको छ । एडिबीले शुक्रबारे त्रिपक्षिय पोर्टफोलियो रिभ्यु गर्दै हरेक क्षेत्रका विकासका आयोजनाहरुको कार्य प्रगती भने न्युन रहेको बताएको छ । नेपालको विकासका लागि २ अर्ब ८० करोड डलर ऋण तथा अनुदान सहयोग गरेपनि अहिलेसम्मको विकासको कार्यप्रगती भने निराशाजनक भएको एडिबीका उपाध्यक्ष दिवेस सरणले जानकारी दिएका हुन ।

विभिन्न ३६ ओटा आयोजनाहरुमध्ये ४४ प्रतिशत आयोजनाको लागि ठेक्का दिइएको र ६४ प्रतिशत आयोजनाहरुको लागि रकम निकासा गरिए पनि ठेक्का समेत लगाउन नसकिएको जानकारी दिएको छ ।

यस्तै एडिबीले यो बर्षको ठेक्का सम्झौताका परियोजनाहरुको प्रगतीको लक्ष्य ४४ करोड ७० लाखको राखेपनि कार्यप्रगति भने जम्मा १७ करोड बराबरको मात्रै भएको छ । ३३ करोड डलरको निकासाको लक्ष्य राखेपनि यो बर्षको अन्त्यसम्म आईपुग्दा १८ करोड डलर मात्रै निकासा भएको देखिएको छ । एडिबीले सन् २०१८ मा राखेको लक्ष्यको ३८ प्रतिशत काम मात्र पुरा भएको जानकारी दिएको छ ।

कार्यक्रममा अर्थमन्त्रालयका सहसचिब श्रीकृष्ण नेपालले नेपालमा विकासको लागि आवश्यक निर्माण औजारहरु तथा सोहीअनुसारको नीतिनिर्माणको पनि ब्यबस्था नभएकाले सहायता रकम खर्च तथा परिचालन गर्न नसकिएको बताएका छन । उनले नेपालका विकासका लागि विभिन्न क्षेत्रमा सहयोग गर्ने एडिबीको ठुलो योगदान रहेको बताउँदै अर्थमन्त्रालय विकासमा लागिपर्ने पनि जानकारी दिएका छन ।

एडिबीले मेलम्ची खानेपानी आयोजनाको अन्तिम म्याद सेप्टेम्वर २३ सम्मको राखेपनि हालसम्म हेडवर्क तथा सेटलिङ बेसिन राख्ने काममा ढिलाई भएको देखाएको छ । यस्तै एडिबीले विकासका लागि सहयोग गरेका ६ ओटा क्षेत्रमध्ये शहर तथा पानीका ६ ओटा परियोजनामा जम्मा ३५ प्रतिशत काम पुरा गरेको र ४६ प्रतिशत काम बाँकी रहेको देखाएको छ । सो क्षेत्रका जम्मा ४८ कार्यक्रममध्ये जम्मा १७ ओटा कार्यक्रमहरुमात्रै सम्पन्न भएका छन् । एडिबीले पछिल्लो समय गौतमबुद्ध विमानस्थलको कार्यप्रगती विस्तारै भईरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL