Logo

भारतबाट मात्रै ८ खर्बको सामान आयात, १ खर्बका सवारीसाधन भित्रिए

भारतबाट मात्रै ८ खर्बको सामान आयात, १ खर्बका सवारीसाधन भित्रिए



काठमाडौं । आर्थिक बर्ष २०७४/७५ मा भारतबाट मात्रै ८ खर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक बर्षमा भारतबाट ८ खर्ब ९ अर्बको सामान आयात भएको देखिएको छ । गत बर्ष भारतबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ, सवारी साधन तथा पार्टपुर्जा र विभिन्न धातुका डल्लाहरु रहेका छन ।

उक्त तथ्याङ्क अनुसार गत बर्ष भारतबाट मात्रै १ खर्ब ५ अर्बको सवारी साधन तथा पार्टपुर्जा आयात भएको छ । अघिल्लो आर्थिक बर्ष २०७३/७४ मा ७७ अर्बको आयात भएको सवारी साधन तथा पार्टपुर्जा गत आबमा ३६ दशमलव १ प्रतिशतले बढ्दै १ खर्ब ५ अर्बमा पुगेको हो । यसको आयात आर्थिक बर्ष २०७२/७३ मा भने ६२ अर्बको भएको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङक अनुसार गत बर्ष सबैभन्दा धेरै आयात भएको सामानमा पेट्रोलियम पदार्थ रहेको छ । जुन अघिल्लो आबको तुलनामा ४३ प्रतिशतले बढदै १ खर्ब ७० अर्बको आयात भएको हो ।

साथै अर्को धेरै आयात हुने बस्तुमा भने धातुका डल्लाहरु रहेका छन । गत आबमा यस्ता धातुका डल्लाहरु ५७ अर्ब ५५ करोड बराबरको आयात भएको हो । जुन अघिल्लो आर्थिक बर्षमा भने ४६ अर्ब ५० करोडको आयात भएको थियो । उक्त धातुजन्य डल्लाहरुको आयात अघिल्लो आबको तुलनामा गत आबमा २४ दशमलव ६ प्रतिशतले बढेको हो । यसका साथै उक्त तथ्याँक अनुसार नेपालबाट भारत भने ४६ अर्ब ६० करोड बराबरको सामान निर्यात भएको छ ।

तर, गतबर्ष भारततर्फ भने ४६ अर्ब रुपैयाँ बराबरको सामान मात्र निर्यात भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL