Logo

अर्थमन्त्री खतिवडाको टीबीएम मोह, भन्छन्, अर्थव्यवस्थामा सुधार ल्याउन कोर्स करेक्सनको बाटो लिएको हुँ

अर्थमन्त्री खतिवडाको टीबीएम मोह, भन्छन्, अर्थव्यवस्थामा सुधार ल्याउन कोर्स करेक्सनको बाटो लिएको हुँ



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको तीव्र विकासका लागि नयाँ प्रविधि सहितको टनेल बोरीङ मेशिन (टीबीएम)को उपयोगमा तीव्रता दिनुपर्ने बताएका छन । उनले टीबीएमलगायतका विभिन्न नयाँ प्रविधियुक्त उपकरणहरुले नेपालको समग्र विकासका सहयोग पुग्ने बताउँदै नेपालमा ५ ओटा जति टनेलिङ उपकरणहरुको माग रहेको जानकारी दिए ।

यसका साथै उनले २०७५/७६ को बजेटमा आफुले चाहिनेजति ‘कोर्स करेक्सन’को बाटो अवलम्बन गरेको जानकारी दिएका छन । उनले बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल उद्योग परिसंघले  आयोजना गरेको कार्यक्रममा बोल्दै आफुले नेपालको अर्थव्यबस्था सुधारका निमित्त पहिले गरिआएका काम कारबाहीहरुलाई सुधार्दै लैजाने र नयाँ तरिकाले कामको थालनी गर्ने उद्देष्यले ‘कोर्स करेक्सनको बाटो’ अपनाएको बताए ।

यसका साथै विश्व अर्थतन्त्रमा सानातिना धक्का आउदा पनि नेपालको अर्थतन्त्रमा कुनैप्रकारको असर नपरोस भन्नका लागि पनि कोर्स करेक्सनको बाटो लिएको र बजेटमा करेक्सन गरेको जानकारी दिएका छन । यसका साथै उनले आयात तथा निर्यातमा जुनसुकै प्रकारको बाधा तथा झमेला भएमा सिधै आफुलाई सम्पर्क गर्न अनुरोध गरेका छन । ‘कुनै किसीमको कर प्रणालीमा नाजायजपन गरिएको पाउनुभएमा मलाइ सम्पर्क गर्नुहोला,’ उनले भने ।

साथै पूँजी बजारको विकासमा अवरोध पैदा नहोस भन्नका निम्ती करहरुको दायरा बढाएको उनको दावी थियो । उनले विदेसी लगानी बढाउन निर्यात प्रवद्र्धन गर्नुपर्ने जोड दिदै उपभोक्ता ठगिने प्रवृत्तिलाइ निरुत्साहित गर्नुपर्ने बताए । इन्टरनेटमा लगाइएको १३ प्रतिशत सेवा शुल्क कर पनि जायज भएको बताएका छन । ‘इन्टरनेटको ओटीटी ( ओभर दि टप) ले टेलिफोनको सुविधाहरु कटौति गरेको जानकारी दिँदै सो असुल गर्नको लागि इन्टरनेटमा करशुल्क बढाइएको समेत उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL