Logo

प्रधानमन्त्री धनी कि अर्थमन्त्री ?, यस्तो छ सम्पती विवरण

प्रधानमन्त्री धनी कि अर्थमन्त्री ?, यस्तो छ सम्पती विवरण



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा जम्मा सम्पत्ति ४२ लाख रुपैयाँ रहेको खुलेको छ । बुधबार प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा उनको नाममा सो सम्पत्ति रहेको विवरण पेश गरेका हुन् ।

साथैे प्रधानमन्त्रीले बुझाएको विवरण अनुसार प्राय सम्पत्ती उनकी  श्रीमती राधिका शाक्यको नाममा रहेको छ । उनकी पत्नीको नाममा हाल झापाको पृथ्वीनगरमा १० कट्ठा जग्गा, विभिन्न बैंकमा गरि ३५ लाख रुपैयाँ र भक्तपुरमा डेढ रोपनी जग्गामा २ ओटा घर रहेको विवरणमा उल्लेख छ ।

प्रधानमन्त्रीको सम्पत्तिको स्रोतमा तलव भत्ता रहेको उल्लेख गरेका छन् । उनकी पत्नीको नाममा रहेको सम्पत्तिको स्रोत स्वआर्जन उल्लेख गरिएको छ । प्रधानमन्त्री ओली हाल निजी गाडी विहिन छन भने उनिँंग १७ तोला सुन रहेको छ ।

यसैगरी अर्थमन्त्री डा. युवराज खतिवडाको नाममा करिब डेढ अर्ब रुपैयाँ नगद रहेको उनले बुझाएको स्म्पती विवरणमार्फत खुलेको छ । अर्थमन्त्रीले आफुसँग ९० लाख नेपाली रुपैयाँ र ६२ हजार ७ सय डलर रहेको सम्पती विवरण पेश गरेका छन् । उनले २४ लाख रुपैयाँ विभिन्न ब्यक्तिलाई ऋण दिएको विवरणमा उल्लेख गरेका छन्।

यसैगरी काठमाडौंमा ५ आना जग्गामा घर श्रीमती कमला खतिवडाको नाममा काठमाडौंमै १४ आना जग्गा रहेको उल्लेख गरेका छन् । उनले सो घर र जग्गा नेपाल राष्ट्र बैंक र राष्ट्र संघको सेवामा काम गर्दा कमाएको रकमबाट किनेको उल्लेख गरेका छन् ।
यसैगरी श्रीमतीको नाममा झापा गौराहदहमा ४ विघा ८ कठ्ठा जग्गा र दोलखाको जिरीमा ४ लाखको जग्गा रहेको छ । साथै भक्तपुरको चाँगुनारायणमा १२ आना जग्गा रहेको छ ।

यसैगरी झापाको बुद्ध शान्तिमा १० कठ्ठा छ भने काठमाडौं कागेश्वरीमा ४ रोपनी १ आना २ पैसा जग्गा रहेको उनले उल्लेख गरेका छन् । साथै खतिवडासँग १० तोला सुन र एक किलो चाँदीका गरगहना छन्। भने दुई सहकारीको सेयर समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL