Logo

खाद्य मूल्यस्फीति ०.७ %मा खुम्चिदा चिनीजन्य पदार्थको मूल्य बढ्यो, तरकारी र ध्यु तेल नकारात्मक

खाद्य मूल्यस्फीति ०.७ %मा खुम्चिदा चिनीजन्य पदार्थको मूल्य बढ्यो, तरकारी र ध्यु तेल नकारात्मक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो नौं महिनामा खाद्य मुद्रास्फीति शुन्य दशमलव प्रतिशतमा सिमित रहेको छ । नेपाल राष्ट्र बैंकले गरेको प्रकाशित गरेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा खाद्य मुद्रास्फीति उच्च रुपमा घटेको हो ।

सो अवधिमा खाद्य मुद्रास्फीति ८ दशमलव ६ प्रतिशतले ओरालो लागेको छ । समिक्षा अवधिमा दाल तथा गेडागुडी, ध्यु तेल तथा तरकारीको मूल्य उच्च रुपमा घटेको छ । यसैगरी खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य उच्च रुपमा घटेको देखिन्छ ।

तर सोही अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य भने आकाशिएको छ । गत आवको सोही अवधिमा ३ दशमलव ४ अंकले उकालो लगोको छ । गत आवको पहिलो ९ महिनामा १० दशमलव ५ प्रतिशत रहेको मूल्यस्फीति चालू आवको सोही अवधिमा आईपुग्दा बढेर १३ दशमलव ९ प्रतिशत पुगेको छ । यसैगरी मदिराजन्य पदार्थको मूल्य पनि उच्च नै हरेको छ ।

गैर–खाद्य मुद्रास्फीति

समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ६ दशमलव ३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति १० प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, सञ्चार, यातायात लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो ।

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ५ दशमलव ६ प्रतिशत, तराईमा ३ दशमलव ४ प्रतिशत, हिमालमा २ दशमलव ८ प्रतिशत र काठमाडौं उपत्यकामा २ दशमलव ७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १० प्रतिशत, तराईमा ८ दशमलव ३ प्रतिशत, हिमालमा ८ प्रतिशत र काठमाडौं उपत्यकामा ११ दशमलव ७ प्रतिशत रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL