Logo

चीनतर्फको निर्यातमा ११ प्रतिशतको गिरावट, ७ महिनामा १९ करोडका हस्तकलाका सामाग्री निर्यात

चीनतर्फको निर्यातमा ११ प्रतिशतको गिरावट, ७ महिनामा १९ करोडका हस्तकलाका सामाग्री निर्यात



काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ७ महिनामा करिव १९ करोड रुपैयाँ बराबरका हस्तकलाका सामाग्री चीनमा निकासी भएका छन । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आबको साउनदेखि माघसम्म १८ करोड ८१ लाख रुपैयाँ बराबरका हस्तकलाका सामाग्री चीन निकासी भएका हुन ।

हस्तकलाको निर्यातमा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ५ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । तथ्यांक अनुसार गत आर्थिक बर्षको सोही अवधिमा १७ करोड ८२ लाख बराबरका हस्तकलाका सामानहरु चीन निर्यात भएका थिए ।

यस्तै चीनमा बढी निर्यात हुने उनको कार्पेटको निर्यात भने खस्केको पाईएको छ । गत आर्थिक बर्षको ७ महिनामा १५ करोड रुपैयाँ बराबरको कार्पेट निर्यात भएकोमा चालु अर्थिक बर्षको सोही अवधिमा १२ करोड रुपैयाँ बराबरको मात्रै कार्पेट निर्यात भएको छ । यो गत आवको तुलनामा १६ प्रतिशतले कम हो । समग्रमा नेपालबाट चीनतर्फको निर्यातमा ११ दशमलव ५ प्रतिशतले गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL