Logo

उद्योग मन्त्री यादवले भने, ‘राज्य र जनता ठग्ने उद्योगी चोर हुन, नराम्रो काम गर्ने उद्योगीलाई जेलमा कोचिन्छ’

उद्योग मन्त्री यादवले भने, ‘राज्य र जनता ठग्ने उद्योगी चोर हुन, नराम्रो काम गर्ने उद्योगीलाई जेलमा कोचिन्छ’



काठमाडौं । राज्य र जनतालाई ठग्ने उद्योगी तथा व्यवसायीलाई अबका दिनमा छानीछानी समातेर थुनामा राखिने भएको छ । उद्योग दिवसको अवसरमा आयोजित ‘नेपालमा उद्योगको अवस्था, चुनौती र समाधानका विषयमा’ आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले नेपाली जनता र किसानलाई धोका दिने उद्योगी तथा व्यबसायी कसैलाई नछाडिने बताएका हुन् ।

उनले प्रायःजसो चिनी उद्योगले उखु किसानलाई अझै पनि पैसा नतिरेको जानकारी दिँदै केही हप्ता अघि मात्रै उखु किसानलाई २२ करोड रुपैयाँ नतिरेको अभियोगमा इन्दिरा चिनी मिलका राकेस अग्रवाललाई पक्राउ गर्न लगाएको बताए । ‘यस्ता अपच काम गर्ने उद्योगीहरु चोर हुन यिनीहरुलाई यत्तिकै छोड्ने कसैलाई छुट छैन,’ उनले भने ‘यस्ता चोरहरुलाई समत्दा विभिन्न किसिमका महासंघबाट बक्तव्य आउँछन जो लज्जास्पद छ ।’

साथै उनले संचारमाध्यममाथी खनिदै संचारमाध्यमका नाममा खोलिएका विभिन्न विग हाउसको पनि सम्पत्ति छानविन गरिनुपर्ने बताएका हुन । उनले अवैधानिक सम्पत्ती धेरै भएपछि मिडियाको नाममा लगानी गरेको समेत आरोप लगाएका थिए ।

यस्तै उनले विभिन्न उद्योगीहरुलाई आफुले संचालन गरिरहेका उद्योगहरुको विस्तृत जानकारी मन्त्रालयमा उपलब्ध गराउन निर्देशन दिएका छन । नेपालमा संचालमा रहेका उद्योगहरु कुन कस्तो रुपमा चलिरहेका छन र कसरी चलिरहेका छन भन्ने विषयमा उद्योगीहरुले कुनै जानकारी नदिने गरेकाले उद्योगहरुको अवस्था बुझ्न अप्ठ्यारो भएको उनको भनाई थियो ।

नेपाललाई अन्य देशहरुले आफ्नो व्यापार गर्ने थलोका रुपमा विकसित गरेको जसका कारण नेपालको व्यापारघाटा उच्च हुने पुगेको उनको दाबी थियो । सबै नेपालीले व्यापार गर्ने मानसिकता भन्दा पनि उद्यमी बन्ने मानसिकता राख्नुपर्ने जानकारी दिएका छन ।

कार्यक्रममा उद्योग विभागका निमित्त महानिर्देशक गोपाल तिवारीले कार्यपत्र प्रस्तुत गर्दै हाल नेपालमा रहेका ५० प्रतिशतभन्दा बढी उद्योगहरु विभिन्न कारणबस संचालमा आउन नसकेको जानकारी दिएका छन । यस्तै उनले नेपाल डुईङ विजनेसमा पछि परेसँगै विभिन्न अन्तरराष्ट्रिय मापदण्डमा पनि पछि परेको जानकारी दिएका हुन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL