Logo

उद्योगको प्रवद्र्धनमा सरकारको नयाँ फर्मूला, प्रधानमन्त्रीकै नेतृत्वमा छुट्टै समिति

उद्योगको प्रवद्र्धनमा सरकारको नयाँ फर्मूला, प्रधानमन्त्रीकै नेतृत्वमा छुट्टै समिति



काठमाडौं । निजी क्षेत्र र सरकारबीच दूरी बढीरहेको बेलामा सरकारले संवादको नयाँ वातावरण सिर्जना गरेको छ । सरकारले उद्योग व्यवसाय प्रवद्र्धनका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा छुट्टै समिति गठन गरेको छ । उद्योग वाणिज्य प्रवद्र्धन संवाद परिषद् नाम दिइएको उक्त समितिमा सरकारका उच्च अधिकारीहरु सहित निजी क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको समेत सहभागीता रहने छ ।

शुक्रवार राती वसेको मन्त्रीपरिषद्को वैठकले परिषद् गठन गर्ने निर्णय गरेको हो । उक्त परिषदले निजी क्षेत्र र सरकारबीच पूलको काम गर्ने छ ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रका समस्या समाधानका लागि छुट्टै समिति गठन गर्ने बताउँदै आएका थिए । यसअघि सीमावर्ती सहरका उद्योग व्यवसायसँग सम्बन्धी समस्या समाधानका लागि सहसचिवको नेतृत्वमा समेत एक समिति गठन गरिएको थियो ।

बन्यो थिंक ट्याङ्क
यस्तै सरकारले आफ्नो नीतिगत योजनाहरुमा आवश्यक सल्लाह सुझावका लागि नीति अनुसन्धान प्रतिष्ठान गठन गरेको छ । सरकारको मुख्य थिंक टयांककोरुपमा रहने प्रतिष्ठानमा प्रा.डा. चैतन्य मिश्र, डा. मिना आचार्य, प्रा. डा. राजेन्द्र ध्वज जोशी, प्रा. डा. सुरेन्द्रलाल र प्रा. डा. गणेश गुरुङ रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL