Logo

विदेशीको तुलनामा नेपालीको ६ गुणा बढी लगानी, ८ महिनामा सवा २ खर्बका उद्योग दर्ता

विदेशीको तुलनामा नेपालीको ६ गुणा बढी लगानी, ८ महिनामा सवा २ खर्बका उद्योग दर्ता


बिजखबर संवाददाता
0
Shares

अनिलकुमार न्यौपाने, काठमाडौं । चालू आर्थिक बर्षको ८ महिनामा सवा २ खर्ब रुपैयाँभन्दा बढीका उद्योग दर्ता भएका छन । उद्योग विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार फागुन अन्तिमसम्ममा स्वदेशी र विदेशी गरी कुल २ खर्ब ३२ अर्ब रुपैयाँ बराबरका उद्योग दर्ता भएका छन् ।

सो अबधिमा दर्ता हुने उद्योगमा विदेशीभन्दा स्वदेशी लगानीका उद्योग धेरै गुणा बढी रहेका छन । तथ्याङ्क अनसार विदेशी लगानीका उद्योग दर्ताको तुलनामा नेपाली लगानीका उद्योगहरुको दर्ता ६ गुणाभन्दा बढी रहेको छ । सरकारले देशमा विदेशी लगानीका उद्योगहरु भित्र्याएर लगानी सम्मेलन तथा अन्य प्रयासहरु गरेपनि सोही अनुरुप लगानी भित्रन सकेको छैन । सो अबधिमा कुल ३८ अर्व बराबरको विदेशी लगानीका उद्योग दर्ता भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालमा सवैभन्दा बढी चिनियाँ लगानी रहेको छ । तथ्याङ्गत आधारमा हेर्ने हो भने भारतको लगानी भने खस्केको छ । कुल ३८ अर्ब रुपैयाँको वैदेशिक लगानीका उद्योग रहेकोमा चीनको मात्रै ३० अर्ब रुपैयाँ बराबरको लगानीका उद्योगहरु विभागमा दर्ता भएका छन् ।

सो अबधिमा दर्ता भएका उद्योगहरुमा सबैभन्दा बढी उत्पादनमुलक क्षेत्रका उद्योगहरु रहेको विभागले जानकारी दिएको छ । विदेशीको तुलनामा अझै बढी नेपाली उद्योगहरुले दर्ता गराएका उद्योगहरु उत्पादकमुलक क्षेत्रका रहेका उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुषालले जानकारी दिए ।

फागुन मसान्तसम्म चीनले नेपालमा कुल ६७ ओटा कम्पनीमा लगभग ३० अर्ब बराबरको वैदेशीक लगानी भित्र्याएको हो । यसका साथै दोस्रो ठुलो वैदेशीक लगानीमा भारत रहेको छ । भारतले सो अवधिमा ३४ ओटा कम्पनीमा लगभग ४ अर्ब रुपैयाँ बराबरको वैदेशीक लगानी भित्र्याउने गरी उद्योग दर्ता गरेको छ ।

त्यसैगरी वैदेशीक लगानी धेरै भित्र्याउने अरु देशहरुमा अमेरिका र जापान रहेका छन । उनीहरुले सो अबधिमा क्रमश १ अर्व ९२ करोड र ४७ करोड वैदेशीक लगानी नेपालमा भित्र्याएका विभागको तथ्थाङ्कमा उल्लेख छ । उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुषालका अनुसार नेपालमा राजनीतिक अस्थिरता अन्त्य हुने सम्भावना देखेपछि चीनले नेपालमा लगानी बढाएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL