Logo

प्रम ओलीलाई घरेलु महासंघको बधाई, मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा

प्रम ओलीलाई घरेलु महासंघको बधाई, मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपालको संविधान २०७२ अनुरुप संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो र नेपालको ४१ औं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएको छ ।

नयाँ सरकार गठन पश्चात मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा गर्दै बधाई दिएको हो ।

महासंघले मुलुकको आर्थिक विकासका लागि क्रियाशील रहन घोषणपत्रमार्फत सबै राजनैतिक दलहरुले प्रतिवद्धता जाहेर गरेको सन्दर्भमा नयाँ सरकार र सबै प्रमुख राजनैतिक दलहरू मुलुुकको आर्थिक विकासका लागि समर्पित रहनुपर्ने स्मरण गराउँदै यसप्रति प्रतिवद्ध रहन आग्रह गरेको छ ।

नयाँ सरकारले अबको बाटो आर्थिक रुपान्तरणको हुनुपर्ने विषयलाई आत्मसातगरी आर्थिक समृद्धिको एजेण्डालाई नै प्राथमिकतामा राख्नुपर्नेमा महासंघको जोड छ ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा लामो समयको अन्तरालपछि मुलुकमा वामपन्थीहरुको स्थायी सरकार गठन भएको परिप्रेक्ष्यमा अब मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा महासंघको छ ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुककोे आर्थिक समृद्धि तथा आत्मनिर्भरता र रोजगारी सिर्जनाको एउटा प्रमुख माध्यम लघु, घरेलु तथा साना उद्योग भएकाले यस्ता उद्योगको विकास र उद्योगबाट सिर्जित उत्पादनको प्रवद्र्धनका लागि नीतिगत व्यवस्थागर्न आग्रह गरेका छन् । साथै स्थानीय, प्रदेश र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी कदम चाल्ने अपेक्षा लघु, घरेलु तथा साना उद्यमी र सम्पूर्ण निजी क्षेत्रले गरको जानकारी दिए ।

प्रदेश र स्थानीय सरकारले पनि समुन्नतिका लागि स्थानीय कला, संस्कृतिको सम्वद्र्धन र संरक्षण गर्दै स्थानीयस्तरमा पाइने कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनका लागि कार्य गर्न आग्रह महासंघको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL