Logo

माग बढेपछि उदयपुर सिमेन्टले बढायो उत्पादन, दैनिक उत्पादन ७०० मेट्रिक टन पुग्यो

माग बढेपछि उदयपुर सिमेन्टले बढायो उत्पादन, दैनिक उत्पादन ७०० मेट्रिक टन पुग्यो


बिजखबर संवाददाता
27
Shares

उदयपुर । देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगको गैँडाछाप सिमेन्ट उत्पादनमा वृद्धि भएको छ ।

उद्योग प्रशासनका अनुसार सिमेन्टको माग चारैतिरबाट बढ्दै जान थालेसँगै उत्पादन बढाएको हो । उद्योगको मेशिन मर्मत र सुधारमा समेत राम्रो व्यवस्थापन भएका कारण अहिले उत्पादन प्रतिदिन ७०० मेट्रिक टन पु¥याइएको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले जानकारी दिए ।

विगतमा प्रतिदिन ६०० मेट्रिक टन सिमेन्ट उत्पादन हुँदै आएको र उद्योगमा पछिल्लो समयमा ६५० मेट्रिक टनले उत्पादनमा वृद्धि गरिएको थियो । अहिले चौबिसै घण्टा उद्योग सञ्चालन गरेर प्रतिदिन ७०० मेट्रिक टनले सिमेन्ट वृद्धि गरेको उनले जानकारी दिए ।
सिमेन्टको मूल्य वृद्धि भएसँगै झनै बजारमा गैँडाछाप सिमेन्टको माग बढ्दै जान थालेपछि उत्पादनमा पनि व्यापक रुपमा नै वृद्धि गर्दै लगेको उद्योग प्रशासनले बताएको छ ।

यस वर्ष सिमेन्ट उत्पादनमा उद्योगले झण्डै रु २५ करोडभन्दा बढी सिमेन्ट बिक्रीबाट आम्दानीसमेत गरेको उद्योग प्रशासनले बताएको छ । उदयपुर सिमेन्ट उद्योगको प्रतिदिन सिमेन्ट उत्पादन गर्ने क्षमता झण्डै ८०० मेट्रिक टनसम्म रहेको छ । रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL