Logo

१ बर्षमा साढे १ खर्ब रुपैयाँ लगानीको प्रस्ताव, १२ हजारलाई रोजगारी

१ बर्षमा साढे १ खर्ब रुपैयाँ लगानीको प्रस्ताव, १२ हजारलाई रोजगारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७३/०७४ मा साढे १ खर्ब रुपैयाँ बराबरको लगानीको प्रस्ताव आएको छ । गत आवमा ५ सय ८ ओटा उद्योगमार्फत १ खर्ब ४४ अर्ब ९६ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको हो ।
अघिल्लो आवको तुलनामा यस वर्षको लगानी करिब ४० अर्ब रुपैयाँले बढी भएको उद्योग विभागले जानकारी दिएको छ । उद्योग विभागमा गत आवमा दर्ता भएकामध्ये ९८ ओटा ठूला लगानीका उद्योग छन् । त्यस्तै ८० ओटा मझौला र अन्य साना उद्योग दर्ता भएको उद्योग विभागले जानकारी दिएको छ ।
गत आवमा ८२ अर्ब रुपैयाँ बराबरको १८ ओटा उर्जामुलक उद्योग दर्ता भएको विभागका अनुमती शाखा अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिए । ती उद्योगबाट १२ हजार २ सय ४९ जनाले रोजगारी पाउने उनले बताए । गत आवमा  सबैभन्दा बढी परियोजना सेवा १ सय ६० र पर्यटन १ सय५० क्षेत्रका दर्ता भएका छन् ।
बिभागका अनुसार सेवामुलक उद्योगमा १४ अर्ब ९५ करोड रुपैयाँ र पर्यटनमुलकमा १४ अर्ब ८७ करोड रुपैयाँ कुल पुँजीसहित लगानीको प्रतिबद्धता आएको हो ।
गत आवमा दर्ता भएका परियोजनामा स्वदेशी लगानी बढी छ । उद्योग विभागले यस वर्ष १४ अर्ब ६१ करोड रुपैयाँ विदेशी र अन्य स्वदेशी लगानी प्रस्ताव स्वीकृत गरेको हो । दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी काठमाडौंमा २ सय १० ओटा उद्योग छन् । त्यस्तै दोश्रोमा  ललितपुरमा ६१ र कास्कीमा ३३ ओटा उद्योग रहेको विभागको तथ्यांकले देखाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL