Logo

सुदुर पश्चिम र मध्यपश्चिम पुग्यो नेपाल औषधिको जीवनजल, मंगलबारदेखि नेपालगञ्जमा विक्री शुरु

सुदुर पश्चिम र मध्यपश्चिम पुग्यो नेपाल औषधिको जीवनजल, मंगलबारदेखि नेपालगञ्जमा विक्री शुरु


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल औषधी लिमिटेडले मंगलबारदेखि नेपालगञ्जमा जीवनजल विक्री शुरु गरेको छ । बन्द भएको करिव ७ बर्षपछि पून सञ्चालनमा आएको कम्पनीले सोमबार धनगढीमा विक्री गरेको थियो ।

विशेषगरी जीवनजलको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यसहित सुदुर पश्चिम र मध्यपश्चिमाञ्चलका जिल्लाहरुमा विक्री वितरण थालिएको कम्पनीका महाप्रबन्धक रोभसकुसुम सुबेदीले जानकारी दिए । ‘सुदुर तथा मध्य पश्चिममा जीवनजलको अभावमा ज्यान गुमाउनु परेको समाचार प्रत्येक बर्ष आइरहेका छन्,’ उनले भने ‘त्यसैले हामीले शुरुमा त्यहाँ जीवनजल पुर्याउन लागेका हौ ।’

त्यसो त कम्पनीले काठमाडौंमा गत जेठ ८ गतेदेखि जीवनजलको विक्री गरिसकेको छ । कम्पनीले स्थानीय डिलर्सहरुलाई जीवनजल उपलब्ध गराएको हो ।

कम्पनीको हाल धेरै जीवनजल उत्पादन गर्न सक्ने क्षमता छैन । माग बढी आए पनि त्यसै अनुसार अहिले उत्पादन गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

कम्पनीले दोश्रो चरणमा अत्यावश्यकीय तथा बजारमा बढी खपत हुने औषधीहरु उत्पादन गर्ने जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL