Logo

लगानी बोर्डको उपाध्यक्षमा मन्त्री जोशी, बोर्डलाई अझ सशक्त बनाउनुपर्नेमा जोड

लगानी बोर्डको उपाध्यक्षमा मन्त्री जोशी, बोर्डलाई अझ सशक्त बनाउनुपर्नेमा जोड


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । उद्योग मन्त्री नबीन्द्रराज जोशी लगानीबोर्डको उपाध्यक्षमा नियुक्त भएका छन् । मन्त्री जोशी लाई बोर्डको उपाध्यक्षको जिम्मेबारी दिने निर्णय बुधबार सरकारले गरको थियो ।

मन्त्रीजोशीको सम्मानमा लगानीबोर्डले नयाँ बानेश्वर स्थित कार्यलयमा कार्यक्रम आयोजना गरेको थियो । सो अबसरमा मन्त्री जोशीले लगानी बोर्डलाई विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरि ठुला पुर्वाधार परियोजनाहरु प्रभावकारी ढंगले अगाडि बढाउन एउटा सशक्त निकायको रुपमा स्थापित गर्नुपर्ने बताए । लगानीबोर्डले आफ्नो विज्ञता र विशिष्टतालाई परियोजना पहिचान एवं तिनीहरुले रोजगारी, राजश्व तथा समग्र अर्थव्यवस्थामा दिने योगदानबारे अनुसन्धान एवं लगानी सहजीकरणको काममा प्राथमिकता दिनुपर्ने उनले बताए । साथै बोर्डको काममा आईपर्ने समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयहरुसँग छलफल गरी अगाडि बढ्न समेत सुझाव समेत दिए ।

बोर्डको कामलाई अझ सहज बनाउन लगानी बोर्ड ऐनमा आवश्यक संसोधन गर्नुपर्ने भए त्यसको लागि पनि आफ्नो तर्फबाट आवश्यक सहयोग हुने आश्वासन समेत दिए ।

उक्त अवसरमा उद्योग सचिव शंकरप्रसाद कोईरालाले पुँजीगत खर्च कम हुनु सबै मन्त्रालयको समस्या रहेको बताउँदै लगानीबोर्डले अगाडि बढाएका परियोजनाको सहज कार्यान्वयन मा उद्योग मन्त्रालयको सहयोग सदैव रहने आश्वासन दिए ।

मन्त्री जोशीलाई स्वागतगर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले उनलाई उपाध्यक्षको रुपमा पाउँदा बोर्ड उत्साहित भएको र बोर्डले हाल भोगिरहेका समस्या समाधानमा मार्ग निर्देशन र सहयोग महत्वपूर्ण हुने बताए ।

लगानीबोर्डले अगाडि बढाएका र तयार पारेका परियोजनाहरु एवं हाल परियोजना कार्यान्वयनमा देखिएका समस्याबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL