Logo

काठमाडौंमा ढोदगु होटल सञ्चालनमा आउदै, १ अर्व लगानी

काठमाडौंमा ढोदगु होटल सञ्चालनमा आउदै, १ अर्व लगानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेसँगै पर्यटन व्यवसाय फस्टाउन थालेको छ । पर्यटक बढेसँगै पछिल्लो समय होटल तथा रेष्टुराँहरु खुल्ने क्रम बढेको देखिन्छ । विशेषगरी काठमाडौं उपत्यकामा आधुनिक तथा सुविधा सम्पन्न होटलहरु खुल्न थालेका छन् ।
यसैक्रममा काठमाडौंको वडा नम्वर २९ मा सुविधासम्पन्न होटल सञ्चालनमा आउने भएको छ ।

ढोदगु होटल डेभलपमेन्ट प्रालीले काठमाडौंमा होटल स्थापनाका लागि उद्योग विभागबाट स्वीकृति लिएको छ । कम्पनीले गत चैतमा विभागबाट होटल सञ्चालनको स्वीकृति लिएको हो । ढोदगु होटल ८५ प्रतिशत विदेशी र १५ प्रतिशत स्वदेशी लगानीमा सञ्चालनका लागि स्वीकृति लिएको विभागका अनुमती शाखा अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिए ।

होटलको लगानीकर्ताहरुमा तेम्पा रिङजिङ गुरुङ नेपाल, सिरिनज ओमा चीन, तिबेट ढोदगु डेभलपमेन्ट कम्पनी रहेका छन् । होटल १ अर्व रुपैयाँ लगानीमा बन्न लागेको हो । जसमध्ये ९७ करोड स्थिर र ३ करोड चालु पूँजी रहेको छ ।

सो होटल सञ्चालनमा आएसँगै ९० जनालाई रोजगारी दिने छ । विभागले होटलको पूँजी, क्षमता तथा प्रक्रियालागतबारे अध्ययन गरेर स्वीकृति दिएको हो । त्यस्तै होटलमा १ सय ८० ओटा बेड रहने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL