Logo

विद्युतिय हस्ताक्षर लागु गर्दै विभाग, अब घरमै बसेर उद्योग दर्ता

विद्युतिय हस्ताक्षर लागु गर्दै विभाग, अब घरमै बसेर उद्योग दर्ता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अव उद्योग दर्ता तथा नविकरण सम्वन्धी सम्पूर्ण काम घरमै बसेर गर्न पाइने भएको छ । उद्योग विभागले कम्पनी दर्ता तथा भिषा आवेदनमा डिजिटल सिग्नेचर (विद्युतीय हस्ताक्षर) प्रयोगमा ल्याउने प्रक्रिया अघि बढाएसँगै यो सम्भव हुने भएको हो ।

हाल विभागमा उद्योग दर्ता अनलाइन प्रविधिबाट शुरु गरेपनि डिजिटल सिग्नेचर नहुँदा फाइल पेस गर्न विभाग नै आउनुपर्ने बाध्यता छ । डिजिटल सिग्नेचर लागु भएपछि यो बाध्यता हट्ने विभागका महानिर्देशक शंकर अर्यालले जानकारी दिए । तर अनलाइन दर्ता गर्नेले डिजिटल सिग्नेचर भने अनिवार्य पठाउनु पर्ने छ ।

विभागले शुक्रवार बोलपत्र आवह्वान गरेको छ । जसअनुसार विभालाई डिजिटल सिग्नेचर उपलब्ध गराउन चाहने कम्पनीले ३० दिनभित्र कम्पनीको प्रमाण पत्र, प्यान तथा भ्याट दर्ता प्रमाणपत्र, पेस गर्नुपर्ने छ । आएका आवेदनमध्ये जसले सवैभन्दा कममा डिजिटल सिग्नेचर उपलब्ध गराउछ त्यसलाई विभागले छनौट गर्ने छ ।

अनलाइन दर्ताको प्रमाणिकरणका लागि विभागले विद्युती हस्ताक्षर आवश्यक रहेको भन्दै सफ्टवेयर खरिद गर्ने तयारी गरेको हो । आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने उद्देश्यसहित विभागले सफ्टवेयर खरिदका लागि अर्थ मन्त्रालयसँग ३५ लाख बजेटसहितको पत्राचार गरेको प्रवक्ता दुर्गा भुषालले जानकारी दिए ।

नेपालस्थित कम्पनीले विदेशमा रहेको मुख्य कम्पनीमार्फत खरिद गरेको सफ्टवेयर विभागले खरिद गर्नेछ । डिजिटल सिग्नेचरका लागि छुट्टै सर्भर राख्नुपर्ने भएकोले यो अलि खर्चिलो मानिन्छ ।

विभागमा हुने काम कारवाहीलाई सुरक्षित, पारदर्शी र सहज बनाउने उद्देश्यसहित डिजिटल सिग्नेचर प्रयोगमा ल्याउन लागिएको महानिर्देशक अर्यालले जानकारी दिए ।

के हो डिजिटल सिग्नेचर ?

डिजिटल सिग्नेचर साइबर सुरक्षाको एउटा पक्ष हो । डिजिटल सिग्नेचरको प्रयोगले इन्टरनेट वा अनलाइन मार्फत डाटा पठाउँदा चोरी हुने सम्भावना रहदैन ।

यसमा विशेषगरी पठाउने र पाउनेबीच सहकार्य हुनु आवश्यक छ ।

त्यस्तै विभागले अलवाइन पेमेन्ट पनि लागु गर्ने तयारी गरेको छ । विदेशी लगानीका उद्योगहरुलाई धरौटी रकम त्यहीबाट तिर्न सक्ने व्यवस्थाका लागि अनलाइन पेमेन्ट लागु गर्न लागेको हो । यसका लागि नेपालका विभिन्न वाणिज्य बैंकहरुसँग एक चरणको छलफल भइसकेको विभागले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL