Logo

उद्यम गर्ने ‘आइडिया’ छ ? लगानी जुटाउन सरकारले गर्ने छ सहयोग

उद्यम गर्ने ‘आइडिया’ छ ? लगानी जुटाउन सरकारले गर्ने छ सहयोग


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । उद्योग मन्त्रालयले काठमाडौंमा नेपाल स्टार्टअप समिट आयोजना गर्ने भएको छ । युवा वर्गलाई लक्षित गरी उद्यमशीलता विकास गर्न राष्ट्रिय अभियान संचालन गर्ने उद्धेश्यसहित जेठ २४ र २५ गते स्टार्टअप समिट गर्न लागेको हो ।

देशभरका ७५ जिल्लाबाट ३ सय जना युवाहरुको सहभागिता रहने सो सम्मेलनमा स्रोत व्यक्तिका रुपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा सफल य्ुवा उद्यमीहकौ संलग्नता रहने उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिए ।

विदेशबाट आउने श्रोत व्यक्तिहरुले ती देशहरुमा रहेको उद्यमशीलता सम्वन्धि अभ्यासका वारेमा आ—आफ्नो अनुभव साट्नुका साथै नेपालमा उद्यमशीलताको सम्भाव्यताका वारेमा समेत छलफल गर्ने उनले बताए । विश्व अर्थतन्त्रमा उद्यमशीलताको क्षेत्रमा देखिएको प्रवृत्तिलाई आत्मसाथ गर्दै सँगसँगै अगाडी बढ्न सम्मेलन गर्न लागेको बताएको छ ।
उद्यमशीलताको विकासमा सरकारी निकायहरुलाई संलग्न गराउने

तथा उद्यमशीलताको लागि आवश्यक वातावरण बनाउने उद्देश्य आयोजकको छ । त्यस्तै राज्यको तर्फबाट रहेको उद्यमशीलता सम्वन्धि नीतिगत धारणामा स्पष्टता ल्याउने मन्त्री जोशीले जानकारी दिए । ।

कुनै पनि राष्ट्रको आर्थिक प्रगतिका लागि उद्यमशीलता अपरिहार्य रहेको छ । उद्योग मन्त्रालयले अहिले युवा उद्यमशीलताको विकासका लागि स्टार्टअप कमिटी बनाएर कार्यक्रमहरु अगाडी बढाईरहेको छ । नेपाल स्टार्टअप समिट २०१७ को मूल नारा समृद्धिको रहर उद्यमशीलताको नयाँ प्रहर भन्ने रहेको छ ।

उद्योग मन्त्रालयको आयोजनामा हुन लागेको सो सम्मेलानमा नेपाल उद्यमी मञ्च, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र नेपाल घरेलु तथा साना उद्योग महासंघ सहयोगी संस्थाका रुपमा रहने छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL