Logo

उद्योगमन्त्री भन्छन् ‘उद्योगका समस्या समाधान भइसके, नेपालमा लगानी गर्न आउनुहोस’

उद्योगमन्त्री भन्छन् ‘उद्योगका समस्या समाधान भइसके, नेपालमा लगानी गर्न आउनुहोस’


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालमा लगानी गरेर भरपुर फाईदा लिन अन्तरराष्ट्रिय लगानी कर्ताहरुलाई आग्रह गरेका छन् । उद्योग मन्त्रालयले विहीवार काठमाडौंमा आयोजना गरेको नेपाल स्थित कुटनैतिक नियोगका प्रतिनिधीहरुसँगको छलफल कार्यक्रममा मन्त्री जोशीले नेपाल सम्भाव नै सम्भावना भएको मुलुक भएकोले यहँ लगानी गरेर फाइदा लिन आग्रह गरेका हुन् ।

सो अवसरमा उनले लगानीकर्ताहरुले विगतमा औंल्याएका लगानीका लागि अप्ठ्यारा कतिपय ऐन नियमहरुमा समयसामयिक सुधार गरिसकिएको समेत जानकारी दिए ।
साथै कतिपय ऐनहरु निर्माणको अन्तिम चरणमा रहेको भन्दै मन्त्री जोशीले अहिले पनि नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुले मनग्य नाफा कमाईरहेको बताए ।

उद्योग मन्त्रालयले अहिले दोस्रो चरणको आर्थिक सुधार कार्यक्रमलाई अगाडी बढाईरहेको भन्दै मन्त्री जोशीले लगानी सम्मेलनमा व्यक्त प्रतिवद्धतालाई परिणाममा उतार्न उद्योग मन्त्रालय नेपालस्थित विदेशी कुटनैतिक नियोगहरुसँग समन्वयात्मक ढंगले अगाडी बढ्न तयार रहेको बताए ।

त्यस्तै आगामी आर्थिक बर्षको बजेटमा उद्योग मन्त्रालयले विशेष गरी रोजगारी सृजनालाई उच्च प्राथमिकतामा राखेको र मन्त्रालयले प्रत्येक बर्ष १० खर्ब रुपैंया लगानी भित्र्याउने उद्देश्यसहित अघि बढेको जानकारी दिए । साथै बार्षिक ५० हजार रोजगारी सृजना गर्ने बताए । आर्थिक विकासका विषयमा नेपालका राजनितीक दलहरु एकजुट रहेको भन्दै मन्त्री जोशीले आगामी स्थानीय निर्वाचनको घोषणा पत्रमा समेत मुलुकका प्राय सबै दलले आर्थिक मुद्धालाई केन्द्रविन्दुमा राखेको बताए ।

छलफलमा उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोईरालाले उद्योग मन्त्रालय र मन्त्रालय अन्तरगत विभागबाट प्रदान गरिने सेवालाई छिटो छरितो र पारदर्शी बनाउन अनलाईन सेवालाई बढावा दिईएको बताए ।छलफलमा सहभागी अमेरिका, जापान, फिनल्याण्ड, युएई, युएनडिपी र ब्राजिलका प्रतिनिधीहरु सहभागी थिए । कुटनैतिक निकायका प्रतिनिधिहरुले नेपालमा उद्योग स्थापना गर्न प्रकृयागत जटिलताहरु रहेको बताएका थिए ।

साथै त्यसलाई सरलिकृत गरेर अगाडी बढ्न सके नेपालमा लगानी गर्न अन्तराष्ट्रिय समुदायहरु आकर्षित रहेको धारणा व्यक्त गरे ।नेपालले आवश्यक नीति नियमहरु बनाउँदा छिमेकी मूलुकहरुसँग प्रतिष्पर्धी हुने हिसावले ऐन नियम तर्जुमा गर्न समेत उनीहरुले सुझाव दिए । त्यस्तै विगत लामो समयदेखी छलफलमा रहेको श्रम ऐनको वर्तमान अवस्थाका वारेमा जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL