Logo

विदेशी लगानीकर्ताको गुनासो सम्बोधन गर्दै सरकार, उद्योग मन्त्रीको संयोजकत्वमा ४ वटा समिति गठन

विदेशी लगानीकर्ताको गुनासो सम्बोधन गर्दै सरकार, उद्योग मन्त्रीको संयोजकत्वमा ४ वटा समिति गठन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग मन्त्रालयले लगानी सम्मेलनमा लगानीकर्ताहरुले उठाएका बिषयहरुलाई सम्बोधन गरी लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले ४ वटा समितिहरु निर्माण गरेको छ । मन्त्रालयले लगानी सम्मेलनमा अन्तरराष्ट्रिय लगानीकर्ताहरुले नेपालमा लगानी गर्न देखाएको उत्साहप्रद इच्छालाई परिणाममा बदल्नका लागि समिति बनाएको हो ।  कार्य शुरु गरेको छ ।

नेपाल लगानी सम्मेलनमा लगानीका लागि विदेशी लगानीकर्ताहरुले देखाएको इच्छालाई कार्यान्वयन गरी परिणाममा पु¥याउन आफ्नै अध्यक्षतामा विभिन्न सरोकारवाला मन्त्रालयका मन्त्रीहरु समेत सम्मिलित विदेशी लगानी सम्वन्धि उच्चस्तरीय समिति गठन गरिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिए । उद्योग मन्त्रीको अध्यक्षतामा गठित २१ जनाको सो उच्चस्तरिय समितिमा भौतिक योजना, वाणिज्य, पर्यटन र उर्जा मन्त्री समेत सदस्य छन् । त्यस्तै राष्ट्रिय योजना आयोगको उद्योग हेर्ने सदस्यको संयोजकत्वमा विदेशी लगानी सम्वन्धी नीति उप समिति गठन गरिएको छ ।

११ जना सदस्य रहने सो समितिमा निजी क्षेत्रको समेत सहभागिता रहने व्यवस्था मिलाईएको छ । उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोईरालाको संयोजकत्वमा विदेशी लगानी प्रवद्र्धन उप समिति गठन गरिएको जानकारी दिएको छ । ११ जना सदस्य रहेको सो समितिमा विभिन्न सरोकारवाला मन्त्रालयका सह—सचिवहरु सदस्य रहेने व्यवस्था गरिएको छ ।

यसैगरी लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको संयोजकत्वमा ११ जना सदस्य सहित विदेशी लगानी सम्वन्धी परियोजना उप समिति गठन गरिएको छ ।
लगानी प्रवद्र्धनका लागि सजिलो बनाउन औद्योगिक व्यवसाय ऐनमा व्यवस्था भएको एकद्धार नितीको कार्यान्वयनलाई यथाशिघ्र कार्यान्वयनमा लैजाने गरी प्रकृया शुरु गरिएको मन्त्री जोशीले जानकारी दिए ।

त्यस्तै मन्त्री जोशीले लगानी गर्न इच्छा देखाएका लगानीकर्ताहरुसँग समन्वय गरी जति सक्दो चाँडो लगानी भित्र्याउन गठित समिति तथा उप समितिले आजैबाट कार्य शुरु गरिसकेको बताए । लगानी सम्मेलनका क्रममा सहभागि क्यानाडाको सरकारी स्वामित्वको जलविद्युत कम्पनी क्यूमेकले नेपालको जलविद्युत विकासमा लगानी गर्ने चासो देखाएको समेत जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL