Logo

खनिज नीतिको मस्यौदामाथि निजी क्षेत्रसँग छलफल, १० बर्षमा १ सय अर्व लगानीको लक्ष्य

खनिज नीतिको मस्यौदामाथि निजी क्षेत्रसँग छलफल, १० बर्षमा १ सय अर्व लगानीको लक्ष्य


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकारले आगामी खानी तथा खनिजमा आधारित उद्योगमा १ सय अर्व लगानी भित्र्याउने तयारी गरेको छ ।१० बर्षभित्र खनिजमा आधारित उद्योगमा १ सय अर्व लगानी भित्र्याउने तयारी गरेको हो । सरकारले ल्याउन लागेको खनिज नीतिको मस्यौदा यस्तो उल्लेख छ ।

आइतवार उद्योग मन्त्रालयले निजी क्षेत्रसँग सो मस्यौदाबारे  छलफल गरेको थियो । देशभर रहेका खानी तथा खनिज पदार्थ प्रयोग विहीन भएको भन्दै सरकारले त्यसको सदुपयोगका लागि खनिज नीति ल्याउन लागेको हो । त्यस्तै प्रत्यक्ष रुपमा ५ सय भन्दा बढी रोजगारी सृजना गर्ने तथा वातावरणमैत्री प्रविधि प्रयोग गर्ने खानी तथा खनिजजन्य उद्योगहरूलाई सम्मान गरिने छ ।

सरकारले आगामी १० बर्ष भित्र खनिजजन्य उद्योगको प्रवद्र्धन र विकास गरी वैदेशिक रोजगारमा जाने युवाहरुलाई स्वदेशमा रोजगारीको सृजना गर्ने लक्ष्य राखेको छ । जसअनुसार प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कम्तिमा ५० हजार जनालाई रोजगारीको अवसर प्रदान गरिनेछ ।

त्यस्तै प्रत्यक्ष रुपमा ५ सय जना भन्दा बढी रोजगारी श्रृजना गर्ने वा कम्तिमा १० अर्व लगानी गर्ने खनिज उद्योगलाई पूर्वाधार निर्माणमा उच्च प्राथमिकता दिइने छ ।

सून, फलाम, तामालगायत धातु खनिजको विकासको लागि प्राथमिकतामा राखि गुण र परिमाणले महत्वपूर्ण देखिएका खनिजमा नेपाल सरकारले आवश्यक पूर्वाधार (पहुँच मार्ग तथा औद्योगिक विद्युत) को निर्माण गरी उद्योग प्रवद्र्धन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL