Logo

उद्योग मन्त्रालय र इन्जिनियरिङ एशोसिएशनवीच सहमती, नयाँ प्रविधि भित्र्याउन सहयोग

उद्योग मन्त्रालय र इन्जिनियरिङ एशोसिएशनवीच सहमती, नयाँ प्रविधि भित्र्याउन सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्यमशीलताको विकासमा सघाउने उद्धेश्यले उद्योग मन्त्रालय र नेपाल ईन्जिनियरिङ एशोसिएशनवीच सहमति पत्रमा हस्ताक्षर भएको छ । उद्योग मन्त्री नवीन्द्रराज जोशीको उपस्थितीमा मंगलवार उद्योग मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका योजना महाशाखा प्रमुख दिनेश घिमिरेले र एशोसियसनका एशोसियसनका अध्यक्ष हरेराम श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरे ।

सहमति अनुसार एशोसियसनले उद्योगहरुमा नवीनतम प्रविधिको उपयोगका लागि सघाउने, स्वयं ईन्जिनियरहरुलाई उद्यमशील बनाउने र उद्योग मन्त्रालयको खोज अनुषन्धान र विकास कार्यमा सघाउने छन् ।

कार्यक्रममा उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालका सबै संस्थाहरुले एकै ठाउँमा बसेर सबैका लागि सोच्ने परिपाटिको विकास गर्न मन्त्रालयले एशोसियसनसंग सम्झौता गरेको बताए ।

साथै मन्त्रालयका तर्फबाट यस प्रकारको कार्य आगामी दिनमा अन्य व्यवसायिक संघ संस्थाहरु सँग पनि शुरु गर्ने सोचाई रहेको जानकारी दिए । मन्त्री जोशीले हामी सँग भएको बुद्धिलाई पनि उद्योगका रुपमा स्थापित गर्न सकिने बताए ।

राज्य मन्त्री कञ्चनचन्द्र वादेले ईन्जिनियरहरुलाई पढेपछि जागिरै मात्र खाने मानसिकताबाट बाहिर ल्याउन पनि यस प्रकारका कामले सघाउ पुग्ने बताए ।
कार्यक्रममा एशोसियसनका अध्यक्ष हरेराम श्रेष्ठले उद्योगीहरुलाई प्रविधि मैत्री बनाउन यस प्रकारको सहकार्यले सघाउ पुग्ने भन्दै एशोसियसनका लागि समेत यो महत्वपूर्ण कदमका रुपमा रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL