Logo

खानी तथा खनिज पदार्थ नियमावली मन्त्रिपरिषदद्धारा स्वीकृत, प्राविधिक क्षमता भएकालाई अन्वेषणको जिम्मा

खानी तथा खनिज पदार्थ नियमावली मन्त्रिपरिषदद्धारा स्वीकृत, प्राविधिक क्षमता भएकालाई अन्वेषणको जिम्मा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । खानी तथा खनिज पदार्थ नियमावलीको चौथो संशोधन मन्त्रिपरिषदले स्वीकृत गरेको छ । सो नियमावली हाल राजपत्रमा सूचना प्रकाशन हुने क्रममा रहेको उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिए ।

मंगलवार उद्योग मन्त्रालयमा आयोजीत् पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी दिएका हुन् । साथै मन्त्रालयले प्राविधिक रुपमा दक्ष कम्पनीलाई खानी अन्वेषणको जिम्मा दिइने बताए । उद्योग मन्त्रालयको कर्मचारी र नीजिलाई समेत लक्षित गरि केही दिनभित्र खानी अन्वेषणका लागि टेन्डर गर्ने उनले जानकारी दिए । टेन्डरबाट उत्कृष्ट कम्पनी छानी खानी अन्वेषको जिम्मा दिइने छ । सो कम्पनीले खानीका सम्भावनाका बारेमा थप अध्ययन अनुशन्धान गर्ने जोशीले बताए ।

त्यस्तै मन्त्रालयले खानीको लाइसेन्स भएर पनि काम नगरेका कम्पनीको लाइसेन्स खारेज गर्ने तयारी गरेको छ । ‘लाइेन्स लिँदा कती समयभित्र काम गर्छु भनेको छ त्यो हेर्ने छौं,’ उनले भने ‘त्यो अनुसार काम नगरेकाको लाइसेन्स स्वत खारेज गरिने छ ।’त्यस्तै काम शुरु गरेर विचमा छोडेकालाई भने उनीहरुको मनशाय हेरी समय बढाउन सकिने मन्त्री जोशीले बताए । त्यस्तै मन्त्रालयले राष्ट्रिय खनिज नीति ल्याउने तयारी गरेको बताइएको छ ।

हाल खानी तथा भूगर्भ विभागनवलपरासीको धौवादी फलाम अन्वेषणमा १ सय ५० मिटर ड्रिलिङ कार्य सम्पन्न गरेको छ । त्यस्तै मुस्ताङको यूरेनियम अन्वेषण शुरु गरिएको छ । मकवानपुरको तीनभंगाले युरेनियम अन्वेषणको कार्य समेत शुरु भइसकेको खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्रप्रसाद खनालले बताए । त्यस्तै पेट्रोलियम ऐन विनियमावली पुरानो भएकोले समसामयीक सुधार आवश्यक भएकोले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL